योगाभ्यास अझैं व्यवस्थित र प्रभावकारी

२८ चैत्र २०७४, बुधबार १६:२९
 


सदरलाइनडटकम
२८ चैत, नेपालगन्ज :  नेपालगञ्जमा जारी योगाभ्यासलाई अझैं व्यवथित र प्रभावकारी बनाइएको छ । जिल्ला आयुवेर्दिक स्वास्थ्य केन्द्र नेपालगञ्जमा माघ २५ गते देखि हरेक विहान जारी निशुल्क योग शिवीर अब आफ्नै भवनमा अझैं प्रभावकारी रुपमा सञ्चालन गरिदैछ । स्वस्थ जीवन कार्यक्रम अन्तगर्त हरेक विहान ५ वजेबाट ७ वजे सम्म जारी योगाभ्यास भवनको आज एक समारोहबीच नगर प्रमुख डा धवल शम्शेर राणा र उपप्रमुख उमा थापामगरले उदघाटन गरेपछि यसको थप व्यापकता र प्रभावकारिता बढने भएको हो । आयुवेर्दिक विभागको १० लाख सहयोगमा केन्द्र परिसरमै टिनको छानासहित ६० जना अटने हल निर्माण गरिएको छ । शिवीरमा विभिन्न योगाभ्यास, नसर्ने रोगको जानकारी, स्वास्थ्य परामर्श, जडीबुटीको अमृत चिया, शिलाजित सेवनका साथै नियमित ब्लड, सुगर चेक आदि गर्ने गरिएको आयुवेर्दिक स्वास्थ्य केन्द्रका कवीराज अनीरुद्र साहले जानकारी दिए ।
विभिन्न तह तप्काका व्यक्तिहरुको सहभागिता रहेको नियमित शिवीरमा आयुवेर्द चिकीत्सक गिरिराज शर्मा र गौरीशंकर मण्डलले अभ्यास गराइरहनु भएको छ । नियमित योगाभ्यासले मोटोपन, मुटुरोग, वाथ रोग, कव्जीयत पायल्स आदि रोगलाई फाइदा पुगरिहेको कवीराज निरिक्षक साहले जनाए । भवन उदघाटन समारोहमा नगर प्रमुख राणाले योगाभ्यासलाई व्यवस्थित र प्रभावकारी बनाउँदै वडास्तरमा लैजाने प्रतिवद्धता व्यक्त गरे । उपप्रमुख थामगरले स्वस्थ नागरिक वीना कुनै विकास सम्भव नभएकाले स्वस्थ रहन योग जरुरी रहेको बताउँदै यसका लागि उपमहानगरपालिका प्रतिवद्ध रहेको विश्वास दिलाए । केन्द्रका प्रमुख डा अनील कुमार चौधरीको अध्यक्षतामा भएको समारोहमा आयुवेर्दिक चिकत्सिक संघ प्रदेश ५ का अध्यक्ष डा सन्तोष कुमार शर्मा, आयुवेर्दिक चिकीत्सक गौरी शंकर मण्डल, डा वुद्धिप्रकाश रेग्मी, समाजसेवी जेके सिंह, योग सहभागी तथा राजनीकर्मी वेदप्रसाद आचार्यले अनुभवसँगै शुभकामना व्यक्त गरे ।

Next Post

नयाँ वर्षमा ग्राण्डीको २०७५ बिशेष स्वास्थ्य परिक्षण प्याकेज अफर

२८ चैत्र २०७४, बुधबार १६:२९
सदरलाइनडटकम   २८ चैत काठमाण्डौ  : काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ वर्ष २०७५ को शुभकामनासहित अघिल्ला वर्षहरुमा झैं यस वर्ष पनि बिशेष स्वास्थ्य परिक्षण प्याकेज अघि सारेको छ । नयाँ वर्षको अवसरमा यस वर्ष अघि सारिएका तीन किसिमका प्याकेज मध्ये पहिलो प्याकेज कार्डियाक प्याकेज अन्तर्गत मात्र २ हजार ७५ […]