दाङमा सशस्त्र प्रहरीद्वारा भरुवा बन्दुक बरामद

सदरलाइन संवाददाता २६ बैशाख २०७९, सोमबार १८:०८
 

नेपालगञ्ज : दाङमा सशस्त्र प्रहरीले वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरेको छ । नेपाल–भारत सीमानाका कोइलाबासबाट बन्दुकसहित बन्दुकमा प्रयोग हुने १५ वटा छर्रा गोली र दुई वटा केप पनि बरामद गरेको सशस्त्र प्रहरी बल २९ नं. गण भालुवाङका सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिए ।


गढवा गाउँपालिका वडा नं. ८ कोइलाबास नाकास्थित रहेको अन्तरखाल जंगलबाट आइतबार राती साढे ९ बजे उक्त बन्दुकसहित बन्दुकमा प्रयोग हुने गोली र केप बरामद गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका मतदाताले आफुलाई न्याय गर्ने नन्दलालको दाबी

२६ बैशाख २०७९, सोमबार १८:०८
नेपालगञ्ज :  राप्रपाबाट नेपालगञ्ज उपमहानगरमा मेयरमा उम्मेदवारी दिएका नन्दलाल वैश्यले आफुप्रति नेपालगञ्जका मतदाताको राम्रो रेस्पोन्स रहेको बताएका छन । उम्मेदवारी दिएपछि नेपालगञ्ज उपमहानगरको २३ वटै वडाहरुमा घरदैलो गरेर जनतासँग आफु प्रत्यक्ष भेटमा आफुलाई अत्यन्त स्नेह गरेको अनुभ्ती भएको बताए । उनले नेपालगञ्जका मतदाताले आफुलाई न्याय गर्ने दाबी समेत गरे । […]