आइतवार ऋषि पञ्चमी मनाईंदै

७ भाद्र २०७७, आईतवार १४:५५
 

नेपालगञ्ज : भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आइतवार हिन्दु महिलाले सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाले आइतवार बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।

हरितालिका तीजको व्रत एवं पूजा आराधना महिला–पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रमा उल्लेख रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतमले जानकारी दिए ।


रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटी भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

Next Post

दाउद इब्राहिम पाकिस्तानमा रहेको पुष्टि

७ भाद्र २०७७, आईतवार १४:५५
काठमाण्डौ : अन्डरवर्ल्डका नाइके एवं कुख्यात डन दाउद इब्राहिम पाकिस्तानमा रहेको पुष्टि भएको छ । पाकिस्तानले गत साता एक अधिसूचना जारी गर्दै कराँचीमा दाउद बसिरहेको जनाएको छ । तर पाकिस्तानी विदेश मन्त्रालयले यो कुनै नयाँ जानकारी नभएको दावी गरेको छ । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता जाहिद चौधरीले भनेका छन्, ’पाकिस्तानले […]

सम्बन्धित