कोरोना फैलिन नदिन नेपालगञ्ज नाकामा परीक्षण तीब्र

सदरलाइन संवाददाता १६ पुष २०७९, शनिबार १४:३७
 

नेपालगञ्ज : कोरोना संक्रमण फैलिन नदिन नेपालगञ्जस्थित जमुनाहा नाकामा परीक्षणमा कडाई गरिएको छ । भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए ।

कोरोना संक्रमण कम भएपछि गत असोज १ गतेदेखि यो नाकामा जाँच रोकिएको थियो । छिमेकी देश भारत र चीनमा कोरोना सङ्क्रमण देखिन थालेपछि नाकामा फेरि कडाई सुरु गरिएको चन्दले बताए । अहिले नेपालगञ्ज नाकामा पनि स्वास्थ्य सावधानीसँगै भारतबाट नेपाल फर्किनेको अनिवार्य कोरोना परीक्षण गर्न शुरु गरिएको छ ।


भारतको सिमलाबाट नेपाल फर्किदै गरेकी जाजरकोटकी ३० वर्षीय महिलालाई परीक्षणको क्रममा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निशियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिए । उनका अनुसार, भारतबाट आउने ५५ जनाको जाँच गर्ने क्रममा जाजरकोटकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालगञ्जस्थित जमुनाहा नाकामा बिहीबारदेखि कोरोना जाँच शुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा नेपालगञ्ज महोत्सव हुने

१६ पुष २०७९, शनिबार १४:३७
नेपालगञ्ज : नेपालगञ्जमा माघ १० देखि माघ २४ गतेसम्म कृषि, उद्योग, पर्यटन र व्यापार प्रदर्शनी प्रवर्धन नेपालगञ्ज महोत्सव २०७९ को आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटि एण्ड मल्टिपल प्रा.लि. बाँकेको संयुक्त आयोजनामा सडक डिभिजन कार्यालय परिसर कारकादोमा रहेको फिल्डमा महोत्सव आयोजना […]