कोरोनाबाट भेरी अस्पतालमा तीन जनाको मृत्यु

सदरलाइन संवाददाता १४ असार २०७८, सोमबार १३:१७
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत झिमरुक गाउँपालिका ३ प्युठानका ३८ वर्षीय पुरुष, घोराही उपमहानगरपालिका ११ दाङका ६८ वर्षीय पुरुष र आठविसकोट नगरपालिका ४ दैलेखका ७३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।


यो संगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ६१ जना र बाँकेका ३१० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सशस्त्र प्रहरीद्धारा अवैध सामग्री बरामद

१४ असार २०७८, सोमबार १३:१७
नेपालगञ्ज : सशस्त्र प्रहरी बर्दियाले भारतबाट ल्याइदै गरिएको ठुलो परिमाणमा अवैध सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३१ गण बर्दियाका मातहतमा रहेका बिओपी तथा फरवार्ड बेशबाट खटिएको टोलीले आइतवार राती भारतबाट नेपाल ल्याउदै गरिएका अवैध सामग्री बरामद गरिएको एसपी नर बहादुर रावतले जानकारी दिएका छन् । एसपी […]