मध्यामिक तहका अंग्रेजी शिक्षकका लागि दुईदिने तालिम

१५ श्रावण २०७३, शनिबार १४:३३
 

सदरलाइनडटकम,13883786_1386213551438681_240096802_n
१५ साउन, नेपालगन्ज : यस क्षेत्रका अंग्रेजी विषयका मध्यामिकतहका शिक्षकका लागि शनिबारदेखि नेपालगन्जमा तालिम सुरु भएको
छ । नेल्टा केन्द्रको सहकार्य तथा रिलो अमेरिकन राजदूताबासको सहयोगमा दुई दिने तालिम सञ्चालन गरिएको हो । तालिममा बाँके, दाङ, बर्दिया, सुर्खेत र अर्घाखाँचीका गरि ४३ जना अङ्ग्रेजी माबी शिक्षकहरुको सहभागिता रहेको छ ।
तालिममा विशेष गरि पाठ्यक्रम र विषय बस्तुको ज्ञानका बारेमा अङ्ग्रेजी भाषा बिशेषज्ञ डा. स्पेन्सर सलासले सहजिकरण गर्ने छन । तालिमले माध्यमिक तहका अंग्र्रेजी शिक्षकलाई आफ्नो विषयको पाठ्यक्रम कसरी पढाउने र अंग्रेजी विषयका लागि बिबिध सीप पाठ्यसामग्री विधिका साथै विभिन्न अंग्र्रेजी बिषयमा भएका समस्या समाधान हुने रिलो कार्यक्रमका विशेषज्ञ बिश्व राज गौतमले बताए । नेल्टाका केन्द्रीय सचिब कुन्जरमनी गौतम तथा रिलो अफिसर रसल बारचेकलगायतको उपस्थितमा सञ्चालित तालिम ज्यादै उपयोगी भएको नेल्टा बाँकेका अध्यक्ष होमराज खड्काले बताए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

Add chand sirak

१५ श्रावण २०७३, शनिबार १४:३३