हावाहुरीबाट पीडितसंग मेयरका उमेदवार भुसाल

सदरलाइन संवाददाता २२ बैशाख २०७९, बिहीबार १०:४५
 

कोहलपुर (बाँके) : आगामी बैशाख ३० मा सम्पन्न हुने स्थानीय तह निर्वाचनमा कोहलपुर नगरपालिका एमालेका मेयरका उमेदवार खिलप्रसाद भुसाल बितेको राति आएको हावाहुरीले क्षेती पुर्याएका जनताविच पुगेका छन ।

गए राति हावाहुरी सहित आएको वर्षातले क्षती पुर्याएका कोहलपुर वडा न १२ स्थित सुन्दरवस्तिका परिमल चनारा र लालबहादुर बुढाथोकी वर्दहवाका भुनेश्वर थारु लगाएतका घरमा पुगी क्षतिको वारेमा जानकारी लिएका थिए ।


पीडितले आवश्यक सहयोगका लागि पहल गरिदिन उमेदवार भुसालसंग आग्रह गरे । उमेदवार भुसालले आफू सधै जनताको पक्षमा भएको भन्दै पीडितलाई आवश्यक सहयोग गर्न स्थानीय सरकाको ध्यानाकर्षण गराउदै आफू निर्वाचित भएमा गरिविको रेखामुनि रहेका जनतालाई राहतपुग्ने गरि काम गर्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा गठबन्धनका उम्मेदवार विष्ट र राई विहानैदेखि छुट्टाछुट्टै घरदैलोमा

२२ बैशाख २०७९, बिहीबार १०:४५
नेपालगञ्ज : स्थानीय तहको निर्वाचन आउन ८ दिन बाँकी रहदा नेपालगञ्जमा गठबन्धनका उम्मेदवारहरु चुनावी घरदैलोमा व्यस्त छन् । नेपाली काँग्रेस र जसपाको गठबन्धनबाट नेपालगञ्ज उपमहानगरको नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राई विहानैदेखि चुनावी घरदैलोमा छन् । सम्बृद्ध नेपालगञ्ज बनाउने अभियानका साथ चुनावी मैदानमा उत्रिएका […]