पूर्व प्रधानमन्त्री देउवा दाङमा, वर्तमान र पूर्व मुख्यमन्त्रीद्वारा स्वागत

सदरलाइन संवाददाता २६ माघ २०८१, शनिबार १८:५२
 

दाङ :  थारु सुमुदायको अगुवा संस्था मटावाँ, बरघर, भलमन्सा संघको आयोजनामा दंगीशरण गाउँपालिका–३ स्थित चखौरामा भेला हुने थारुहरुलाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दाङ आइपुगेका छन् ।

पूर्व प्रधानमन्त्री देउवालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वागत गरेको थिए ।

थारु सांस्कृतिक संग्रहालयमा माघ २६ र २७ गते हुने अन्तर प्रदेशस्तरीय कार्यक्रममा सांस्कृतिक तथा रैथाने खाना महोत्सव पनि लागेको छ । महोत्सवमा दाङ र नवलपरासीको थारु समुदायको बर्का नाच, कैलालीको मुङ्ग्रहवा र चितवनको नाच प्रस्तुत हुने छ ।


यस्तै मघौटा, छोक्रा, हुर्डुंग्या लगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत गरिने महोत्सवमा सांस्कृतिक प्रतियोगिता एवम् थारु लगायत विभिन्न जातजातिको रैथाने परिकारको प्रदर्शनी रहनेछ । थारु परिकारमा ढिक्री, अनदी चामलको भात, रोटी, अनदीको झोल, सुंगुरको सेकुवा, सिन्कीका परिकार, आलुको अचार लगायत जनजातिहरुको रैथाने परिकार बिक्री तथा वितरणका लागि राखिएको छ ।

महोत्सवमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थारुहरु मौलिक भेषभुषासहितका सांस्कृतिक झलकहरू प्रस्तुत हुनेछन् ।

महोत्सवमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, रुपन्देही, नवलपरासी, कपिलबस्तु जिल्ला हजारौं मटावाँ, बरघर (भलमन्सा), ककन्डर्वाहरू लगायत थारु समुदायको उपस्थिति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश सरकार र जनतावीच सुसम्बन्ध बढाउने विधि

२६ माघ २०८१, शनिबार १८:५२
लुम्बिनी  प्रदेश सरकारका गतिविधि माथि केहि समयदेखि यस पंतिकारले कलम चलाई रहेको छ । यसैवीच नयां सुझाव, सल्लाह र प्रतिक्रियाहरु प्राप्त भैरहेका छन् । यिनै परिवेशमा प्रदेश सरकारका विषयमा प्रदेशवासी जनताको गुनासो वा नकारात्मक टिप्पणीलाई प्रदेश सराकारले के कसरी चिर्दै आमजनता प्रति आफ्नो विश्वास अभिबृद्धि गर्न सक्छ ? भन्ने प्रश्नमाथि […]

ताजा अपडेट