नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालयले सम्बर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमको अनुगमन सुरु गरेको छ ।
चैत २६, २७ र २८ गते प्रदेशका तराई जिल्लाहरूमा अनुगमन थालिएको हो । वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार र प्रदेश सभा अन्तरगत रहेको कृषि वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठक लगायत प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला पक्ष, सञ्चारकर्मी लगायत अनुगमनमा सहभागी छन् ।
दाङ, बाँके, बर्दिया, रूपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लामा अनुगमन र अन्तरक्रिया कार्यक्रम गरिने छ । वन सम्बद्ध प्रणाली कार्यान्वयनले वन स्रोतको दीगो उपयोग, वातावरणीय सन्तुलन तथा स्थानीय समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।


समग्र वनक्षेत्रको संरक्षण, व्यवस्थापन हुने, जैविक विविधता तथा वन्यजन्तुको वासस्थान सुरक्षित हुने र वन जलाधार व्यवस्थित हुने विश्वास गरिएको हो ।
लुम्बिनी प्रदेशका तीन सय ४५ वटा वन क्षेत्रमा सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रम लागु गरिएको छ । तीन सय ६५ सामुदायिक वन, दुई वटा चक्ला वन र पाँच वटा साझेदारी वनमा सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रम लागु गरिएको छ ।
लुम्बिनीमा चार हजार ५२ सामुदायिक वन, ८ वटा साझेदारी वन, चार सय १६ कबुलियत वन, ९ सय ३८ निजि वन, ३० वटा धार्मिक वन, २ वटा चक्ला वन, चार वटा संरक्षित वन रहेका छन् ।