नेपालगञ्ज : स्थानीय तहको निर्वाचन आउन ८ दिन बाँकी रहदा नेपालगञ्जमा गठबन्धनका उम्मेदवारहरु चुनावी घरदैलोमा व्यस्त छन् । नेपाली काँग्रेस र जसपाको गठबन्धनबाट नेपालगञ्ज उपमहानगरको नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राई विहानैदेखि चुनावी घरदैलोमा छन् ।
सम्बृद्ध नेपालगञ्ज बनाउने अभियानका साथ चुनावी मैदानमा उत्रिएका विष्ट र राईको जोडीलाई जिताउन मतदाताहरु पनि उत्साहित देखिएको उनहरुको प्रचार सचिवालयले दाबी गरेको छ ।
काँग्रेस नेपालगञ्ज उपहानगरपालिकाका सभापति समेत रहेका प्रमुख पदका उम्मेदवार विष्ट विहानै घरदैलोमा निस्केका हुन । विष्टले २२ गते विहान वडा नम्वर ५, ११, १२ र २२ मा घरदैलो गर्दै त्यहाँ आयोजित कोणसभालाई पनि सम्वोधन गर्ने कार्यक्रम छ ।
यस्तै उपप्रमुख पदका उम्मेदवार राई नेपालगञ्ज उपमहानगरपालिका ४ घोसीटोल, जामा मस्जिद क्षेत्रको घरदैलोमा निस्केका छन् । उम्मेदवारहरु आफ्नो प्रतिबद्धतापत्रसहित छुट्टाछुट्टै घरदैलोमा निस्केको प्रचार सचिवालयले जनाएको छ ।