मुगुको खप्त्याड क्षेत्रमा मलेरियाको प्रकोप, स्वाथ्यकर्मी र भेक्टर कन्ट्रोलको टोली प्रभावित क्षेत्रमा

१९ कार्तिक २०७४, आईतवार १८:०७
 

सदरलाइनडटकम
१९ कात्तिक, नेपालगन्ज : मुगुको खप्त्याड क्षेत्रमा मलेरियाको संक्रमण फैलिाएको छ । गत भदौ र असोज महिनामा बाजुराको कोल्टी आसपासबाट मलेरियाको संक्रमण सुरु भएकोमा हाल मुगुको खप्त्याड क्षेत्रमा देखिएको हो ।
सो क्षेत्रमा रहेका विरामीहरुमा मलेरिया रोगमा हुने जस्तो लक्षण देखा पर्नुको साथै मलेरिया फैलाउने लामखुट्टे समेत फेला परेपछि स्थलगत अवलोकनमा खप्त्याड गएको स्वास्थ्यकर्मीको टोलीले सो कुराको पुष्टी गरेको हो ।
हिमाली जिल्ला मुगु र बाजुराको कोल्टी क्षेत्रमा भेक्टर सर्वेको लागि पुगेका स्वास्थ्यकर्मी टोलीका सदस्य तथा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका भेक्टर कन्ट्रोल अफिसर रत्नलाल शर्माले मुगु र बाजुरामा गरिएको भेक्टर सर्वेमा मलेरियाको जिवाणु र मलेरिया सार्ने लामखुट्टे फेला परेको जानकारी दिए ।
उनले भने–‘ चिसो ठाँउमा मेलेरियाको जिवाणु नहोला भन्ने सोचाई नै गलत भएको छ । रोगको सक्रमण पैmलिएको ठाँउ कर्णाली नदिको किनार भएको र भित्र मधेशको जस्तो भु–बनोट छ । मलेरिया सार्ने लामखुट्टे प्रसस्त मात्रामा भेटिएको छ ।’ उनले सो ठाँउमा भेटिएको लामखुट्टेमा नरमखालको मलेरियाको जिवाणु भेटिएको बताए ।
उनले बाजुराको कोल्टीबाट ४ घण्टा पैदल दुरीमा पर्ने मुगुको खप्त्याड गाउपालिका वडा नं. ८ र १० रिंगा, आमा, ठामलेख, हेङ्गलु, सुकाडिकलगायतका गाउहरुमा मलेरियाको संक्रमण देखिएको जानकारी दिए । उनले भने–‘सबै भन्दा बढी ंिरगा गाउमा मलेरिया प्रभावित भएको भेटाएका छौ । भेक्टर सर्वे, विषादी स्प्रे साथ साथै नमुना संकलनसमेत गरि रहेका छौ ।’
गत भदौमा बाजुराको कोल्टीमा मलेरियाको लक्षण देखा परेको थियो । सो ठाँउमा गरिएको स्वास्थ्य परिक्षण र रगत संकलनमा ६० बढीमा मलेरिया पोजेटिभ नतिजा आएको थियो । गत असोज २५ गते मुगुको खप्त्याड क्षेत्रमा दुई जनामा देखिएको मलेरिया अहिले ६३ जनामा देखिएको बताए ।
चिसो तथा हिमाली क्षेत्रमा प्राय मलेरिया नदेखिने भएपनि जलबायुमा भएको परिवर्तनको कारण हिमाली क्षेत्रमा समेत महामारीको रुपमा
मुगुको खप्त्याड क्षेत्रमा मलेरिया प्रकोपको रुपमा फैलिन थालेपछि स्वास्थ्य विभाग ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले डा. दिपेन्द्र कंडेलको नेतृत्वमा सो क्षेत्रमा चिकित्सकको टोली खटाएको छ । उनले सो क्षेत्रमा स्वास्थ्य जाँचसंगै भेक्टर कन्ट्रोलका लागि विषादी छकर्ने कार्य तीब्ररुपले सञ्चालन गरिएको बताए ।
यसैबीच मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक रिता भण्डारी जोशीले मुगुको खप्त्याड क्षेत्रमा देखिएको मलेरिया सामान्य खालको भएको बताईन । उनले सो क्षेत्रमा फैलिएको मलेरीयाका कारण कसैको ज्यान नभएको भएपनि स्वास्थ्य विभाग ईपिमिडियोलोजी रोग तथा माहामारी नियन्त्रण शाखाको टोली प्रभावित क्षेत्रमा पुगेको जानकारी दिईन । फोटो:गुगल


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ९ जना बागीले गरे उम्मेदवारी फिर्ता

१९ कार्तिक २०७४, आईतवार १८:०७
सदरलाइनडटकम    १९ कात्तिक, नेपालगन्ज : आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका मध्ये बाँकेमा ९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन । गत कात्तिक १६ गते प्रदेश सभा र प्रतिनिधि सभाको लागि बाँकेमा ११२ जनाले उम्मेदवारी दर्ता गरेकोमा अब १०३ जना उम्मेदवार कायम भएको […]

सम्बन्धित