ब्राउन सुगरसहित बर्दियामा तीन जना पक्राउ

सदरलाइन संवाददाता १८ श्रावण २०७९, बुधबार १७:३०
 

नेपालगञ्ज : बर्दिया प्रहरीले ५ सय ५० मिलीग्राम लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

भारतबाट लागूऔषध नेपाल भित्र्याउने क्रममा बढैयाताल गाउँपालिका—८ स्थित दशगजाबाट शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा जाँच गर्दा उनीहरूबाट प्रहरीले लागूऔषध फेला पारेको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।


पक्राउ पर्नेमा दुई जना मधुवन नगरपालिका—५ का बासिन्दा हुन् भने एक जना मधुवन वडा नं ६ का हुन् । प्रहरी प्रवक्ता एंव जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्य सुवेदीका अनुसार पक्राउ पर्नेमा ललित बहादुर गुरुङ, समीर कार्की र किरण वंशी मगर रहेका छन् ।

मगर मधुवन वडा नं ६ का हुन् भने गुरुङ र कार्की वडा नं ५ का हुन् । उनीहरूबाट एक थान पल्सर मोटर साइकल र तीन थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । तीनै जना आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषध सम्बन्धि मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा छाडा चौपाया व्यवस्थापन चुनौतीपूर्ण

१८ श्रावण २०७९, बुधबार १७:३०
नेपालगञ्ज : बाँकेमा छाडा चौपाया व्यवस्थापन ठुलो चुनौतीका रूपमा देखिएको छ । स्थानीयले आफ्ना गाईगोरू छोड्दै जाने र भारतबाट नेपालगञ्ज भित्रिएका छाडा चौपायका कारण समस्या विकराल बन्दै गएको हो । कतिपय स्थानीय तहले छाडाचौपाया नियमन गर्न कार्यविधि लागू गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । बाँकेका ८ वटै पालिकामा […]