बाँके ३ (ख) मा एमाले नेता गौतमको दह्रो दावेदारी

१७ आश्विन २०७४, मंगलवार १९:४३
 

सदरलाइनडटकम
१७ असोज, नेपालगन्ज :  स्थानीय तहको निर्वाचन सकिएसंगै केन्द्र र प्रदेशको निर्वाचनको लागि विभिन्न व्यक्तिहरु आ–आफ्नो दावेदारी प्रस्तुत हुन थालेका छन् । यसैक्रममा बाँकेमा लामो समयदेखि बामपन्थी राजनीति गरेका तथा एमाले केन्द्रीय सल्लाहकार समितिका सदस्य बाबुराम गौतमले प्रदेश सभाको लागि आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । उनी चिकित्सा पेसामा संलग्न रहेकोले पनि सर्बसाधरणबीचमा डाक्टरसाब उपनामले परिचित रहेका छन् ।
२०२२ सालमा बनारसमा कम्युनिष्ट पार्टीको संगठित सदस्यता लिएका नेता गौतम बाँके निर्वाचन क्षेत्र नं. ३ (ख) बाट प्रदेश सभाको लागि आफ्नो प्रवल दाबेदारी प्रस्तुत गरेका हुन ।
उनले २२ सालमा पार्टीको सदस्यता प्राप्त गरेसंगै भेरी अञ्चलको संयोजक रहने गरी सुर्खेत कार्यक्षेत्र बनाएर पार्टी काममा खटिएका थिए । एमालेको विभिन्न जिम्मेवारी बहन गर्दै केन्द्रीय सल्लाहकार समिति सदस्य रहेका नेता गौतम पार्टीको लागि अनव्रत खटिएका नेताको रुपमा आफ्नो पहिचान बनाउन सफल भएका छन् ।
बाँके निर्वाचन क्षेत्र नं. ३(ख)मा आफ्नो दावेदारीको लागि प्रस्तुत हुँदै उनले भने–‘ जागिरे जीवनसंगै राजनीतिक जीवनमा पनि सोही क्षेत्रमा लामो समय जनकार्य र जनसेवा गरेर बिताएकोले पनि मलाई यो क्षेत्रका जनताको बिचमा राम्रो घुलमिल भएकोले पनि मेरो दाबेदारी हो ।’
जागिरको सिलसिलामा १० वर्ष जयसपुर क्षेत्रमा बिताएका उनी मधेशी र अबधी भाषिको बीचमा समेत चिरपरीचित र लोकपृय नेताको रुपमा आफ्नो पहिचान बनाउन सफल रहेका छन् । ‘पार्टीमा लागेदेखि जनसेवामा समर्पित रहेको र कुनै लाभको पद नलिएको कारण पनि पार्टीले यो पटक आफुलाई सो क्षेत्रबाट टिकटमा निराश नगर्ने कुरामा आफु दृढ रहेको छु’– उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके २ (ख) बाट एमाले उम्मेदवारका लागि आचार्य, गुप्ता र पाण्डे भए सिफारिस

१७ आश्विन २०७४, मंगलवार १९:४३
सदरलाइनडटकम  १८ असोज, नेपालगन्ज : आगामी मंसिर २१ गते हुने प्रदेश सभा निर्वाचनको लागि एमाले बाँकेले विभिन्न निर्वाचन क्षेत्रबाट संभावित उम्मेदवारको नामावली सिफारीसलाई तीब्र पारेको छ । बाँके निर्वाचन क्षेत्र नं.२ (ख) बाट दत्तप्रसाद आचार्य, विजय गुप्ता र भुमा पाण्डेको नाम सर्बसम्बतले सिफारिस गरेको छ । नेपालगन्जमा बसेको बैठकले उनीहरुको […]

सम्बन्धित