टिपरको ठक्करबाट बर्दियामा दुई जनाको मृत्यु

सदरलाइन संवाददाता १८ माघ २०७८, मंगलवार १२:५९
 

नेपालगञ्ज : बर्दियामा टिपरको ठक्करबाट घरको आँगनमा आगो तापिरहेका दुई जनाको ज्यान गएको छ ।

बढैयाताल गाउँपालिका–३ सतपतियाका ४० वर्षीय सोमबहादुर विक र ४७ वर्षीय रामु चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।


भे १ क १४९५ नम्बरको टिपरको ठक्करबाट ३५ वर्षीया प्रमिला चौधरी र ४० वर्षीया बेलमति थारु घाइते भएका छन् । उनीहरुको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

मृतकका आफन्तले क्षतिपूर्तिको माग गरी नेपालगञ्ज–गुलरिया सडक खण्डको भोलागौडीमा प्रदर्शन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रशासनको सेवा बुधवारदेखि नियमित हुने

१८ माघ २०७८, मंगलवार १२:५९
नेपालगञ्ज : कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गएको माघ १२ गतेदेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय बाँकेको सेवा प्रवाह बुधवारदेखि नियमित हुने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बुधवारदेखि सम्पूर्ण सेवा नियमित हुने जानकारी दिए । सेवाग्राहीलाई सेवा लिन आउँदा खोपकार्ड भने अनिवार्य गरिएको छ । यस्तै मास्क […]