कोरोनाबाट बाँकेका एक पुरुषको मृत्यु

सदरलाइन संवाददाता ८ श्रावण २०७८, शुक्रबार १२:४७
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट नेपालगञ्जका एकजना पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ का ५८ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो । ती पुरुषलाई असार २३ गते कोभिड पुष्टि भएको थियो ।

होमआइसोलेसनमा बसिरहेका उनको स्वास्थ्य समस्या जटिल बन्दै गएपछि असार ३० गतेमात्रै भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा विहान साढे ७ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेडिकल कलेजका कर्मचारी र प्रशासनबीच सहमति

८ श्रावण २०७८, शुक्रबार १२:४७
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारी र अस्पताल प्रशासनबीच सहमति भएको छ । मासिक तलव, कोभिड भत्तालगायतका माग राखेर एक हप्तादेखि अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरु आन्दोलनमा थिए । अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारीबीच भएको वार्ता अनुसार बैशाख महिनाको तलव यही साउन १० गतेभित्र भुक्तानी गर्न अस्पताल प्रशासन […]