भ्रष्टाचारविरुद्ध नेपालगञ्जमा बृहद ‘वाकथन’

सदरलाइन संवाददाता २३ मंसिर २०७९, शुक्रबार १२:४२
 

नेपालगञ्ज : भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२२ का अवसरमा नेपालगञ्जमा शुक्रबार बिहान बृहद ‘वाकथन’ गरिएको छ । भ्रष्टाचार विरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजना र अन्तरालको ब्यवस्थापनमा दोस्रो वाकथन गरिएको हो ।

स्थानीय गणेशमान चोकबाट सुरु भएको वाकथन चारबाहिनी चोक, अस्पताल रोड, सदरलाईन, त्रिभुवन चोक, विपी चोक हुदै नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडी पुगेर समापन भएको थियो । वाकथनमा विभिन्न ब्यानर र प्लेकार्डसहित भ्रष्टाचार विरुद्धका अभियन्ताहरु, नागरिक समाजका अगुवा तथा प्रतिनिधि, बासका स्वयं सेवक, सञ्चारकर्मी, बिद्यार्थी, शिक्षक लगायतको उपस्थित भएका थिए ।

वाकाथन पश्चात आयोजित उक्त कार्यक्रमलाई बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरिषचन्द्र शर्मा, बासका कार्यकारी निर्देशक नमस्कार शाह लगायतले सम्बोधन गरेका थिए, भने बासका केन्द्रिय उपाध्यक्ष शिवकुमार बर्माले स्वागत गरे ।


कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जका प्रमुखले पनि केहीबेर सहभागिता जनाएका थिए । सो क्रममा भ्रष्टाचार विरुद्धका नृत्य प्रस्तुत पनि गरिएको थियो ।

त्यसअघि वाकाथनका क्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्रकुमार जोशी, कपास विकास समितिका अध्यक्ष एवम् सामाजिक अभियन्ता हेमन्तराज काफ्ले, नागरिक समाजका अगुवा बसन्त कुमार गौतम, थारु महिला विकास केन्द्रकी अध्यक्ष ललिता चौधरी, भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद आचार्य, ब्रिनोज कान अस्पतालका प्रमुख पुरनसिंह थारु, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, केपी घिमिरे, स्वास्थ्यकर्मी सुमन गिरी लगायतले भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यवद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशसभा सदस्यहरुको देउखुरीमा शपथ गराउने तयारी

२३ मंसिर २०७९, शुक्रबार १२:४२
नेपालगञ्ज : लुम्बिनी प्रदेशसभा सदस्यहरुको शपथ गराउन देउखुरीमा तयारी थालिएको छ । गत सोमबार मध्यराति प्रदेश मुख्यमन्त्री र मुख्य सचिवको कार्यालय बुटवलबाट स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा सारिएको थियो । यही मंसिर ४ मा निर्वाचित भएका प्रदेशसभा सदस्यहरूको शपथ पनि यसै प्रदेशसभा भवनमै गराउने तयारी रहेको मुख्यमन्त्री कुलप्रसाद केसीले बताए […]

सम्बन्धित