खजुरामा सुमनको महाअभियान–२० करोडको कोषमार्फत युवालाई स्वरोजगार बनाउने

सदरलाइन संवाददाता २० बैशाख २०७९, मंगलवार १६:५६
 

खजुरा  :  नेकपा एमालेको तर्फबाट खजुरा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले युवाहरुलाई स्वरोजगार बनाउन लोकप्रिय कार्यक्रम ल्याएका छन् ।  कार्यक्रम कार्यान्वयनको सुनिश्चिता गरिएको छ भने त्यसप्रति युवाहरुको चासो रहेको पाइएको छ ।

मल्लले २० करोडको युवा उद्यमी घुम्ती कोष बनाउने भएका छन् । त्यस कोषबाट २ हजार युवालाई स्वरोजगार बनाउने महाअभियान शुरु गरिने मल्लले बताए ।


वडा अध्यक्ष हुँदा भनेको कुरा तत्काल पुरा गर्ने छवी बनाएका मल्लले युवालाई रोजगार बनाउने भनेर सार्बजनिक गरेको योजना कार्यान्वयन हुनेमा सबै ढुक्क छन् । मल्ल भन्छन्–‘ढुक्क हुनुहोस् यो मात्र होइन मैले भनेका सबै योजना कार्यान्वयन हुन्छ ।’

यो योजना कार्यान्वयन भए खजुराका युवालाई पैसा  नभएकै कारण स्वदेशमा इलम गर्न नसकेर बिदेश जान पर्ने बाध्यताको अन्त्य हुने छ । स्वदेशी पौरख र स्वदेशी श्रमबाट खजुरालाई समृद्ध बनाउन उक्त योजना ल्याएको मल्लले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जमा त्रिपक्षीय प्रतिस्पर्धा

२० बैशाख २०७९, मंगलवार १६:५६
 नेपालगञ्ज : नेपालगञ्जको आसन्न चुनावी परिदृश्यका सन्दर्भमा राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर भन्छन्, ‘अहिले त्रिपक्षीय देखिए पनि २५, २६ गतेपछि नेपालगञ्जको चुनावी प्रतिस्पर्धाको परिदृश्य द्वीपक्षीय हुन्छ।’ उनले ती दुई पक्ष कुन् हुन् भन्ने खुलाउन चाहेनन्। राजनीतिक विश्लेषक प्राडा जनार्दन आचार्य पनि नेपालगञ्जका मतदाताको ‘मुड’ चुनावको एकदुई दिनअघि मात्रै प्रष्ट हुने गरेको […]