खोप अभियान सफल पार्न मेयरको आग्रह

२ फाल्गुन २०७६, शुक्रबार १८:४५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा दादुरा रुवेला खोप अभियान प्रभावकारी बनाउने सन्दर्भमा योजना बनाइएको छ । अभियानलाई प्रभावकारी बनाउनका लागि शुक्रबार दादुरा रुवेला खोप अभियान २०७६ पालिकास्तरीय खोप समन्वय समितिको बैठक सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले खोप अभियानलाई पूर्णरुपमा सफल पार्न जनप्रतिनिधी र स्वास्थ्यकर्मीलाई आग्रह गरे । नगरमा सञ्चालन भईरहेको हात्ती पाईले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रमसँगै दादुरा रुवेला खोप अभियानलाई सफल पार्न सम्पूर्ण नगरबासीबाट साथ र सहयोगको अपेक्षा गरिएको नगर मेयर राणाले बताए ।
उनले खोप लगाउने उमेर समूहका सम्पूर्ण बालबालिकालाई खोप केन्द्रमा पुगेर खोप लिने वातावरण तयार पार्न बैठकमा सहभागी वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई आग्रह गरे । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले खोप अभियानको प्रभावकारीका लागि सम्वद्ध सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । नेपालमा सन् २००३ सालदेखि दादुरा रुवेला खोप अभियानको शुरुवात भएको हो ।

Next Post

अनशनरत थारुको स्वास्थ्य बिग्रिँदै

२ फाल्गुन २०७६, शुक्रबार १८:४५
सदरलाइनडटकम, कैलाली : तीन दिनदेखि आमरण अनशनमा रहेका थरुहटरथारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुको स्वास्थ्यमा समस्या देखिएको छ । सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. निराजन दत्त शर्मा पौडेलले लक्ष्मणको शरीरमा सुक्खापनको मात्रा बढ्दै गएको, मुटुको धड्कनमा उतार–चढाव भइरहेको बताए । टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीसहित ११ जनाको रिहाइसहित […]