जानकीमा एमालेका हिमान्शु र भुमिसराको टिम घरदैलोमा व्यस्त

सदरलाइन संवाददाता १९ बैशाख २०७९, सोमबार १९:०५
 

जानकी (बाँके) : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले बाँकेमा यतिबेला चुनावी सरगर्मी बढेको छ । युवादेखि महिला र जेष्ठ नागरिक निर्वाचनमा उर्लिएका छन ।

बाँकेको जानकी गाउँपालिकामा एमालेका उम्मेदवारले आफ्नो प्रचार अभियानलाई तीब्र पारेका छन । एमालेबाट अध्यक्षका उम्मेदवार हिमान्शु यादव र उपाध्यक्षका उम्मेदवार भुमिसरा धिताल आफ्नो पक्षमा जनलहर बढाउन साथै स्वर्गिय पिता रामनिवासको सपना साकार पार्न मतदाताको घरदैलोमा व्यस्त छन् ।


मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आवहान सहित घरदैलोमा पुग्दा युवा, महिला र जेष्ठ नागरिकले एमाले र आफुप्रति देखाएको सप्रेमले बैशाख ३० को निर्वाचनमा जानकी गाउँपालिकाबाट आफु सहित एमालेको टिम नै विजयी नजिक पुगेको बताए ।

उनले आफु विजयी भएमा समुन्नत जानकी बनाउने योजना र सपना आफसंग रहेकोले पनि घरदैलोमा आउदा जितको नजिक रहेको महशुस भएको बताए । उपाध्यक्षका उम्मेदवार रहेकी भुमिसरा धितालले टिमको विजयले मात्र समग्र पालिकाको विकास संभव भएकोले पालिका अध्यक्ष उपाध्यक्षदेखि वडासदस्यसम्म सबैलाई विजय बनाउन आग्रह गरिन ।

एमाले जानकी प्रचार प्रसार समितिले पालिकाको छ वटै वडामा प्रचार अभियान र घरदैलो तीब्र पारिएको एमाले बाँकेका उपाध्यक्ष डिल्ली विसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घरदैलोमा गएका क्षेत्रीय सभापतिमाथी आफ्नै कार्यकर्ताद्वारा हातपात

१९ बैशाख २०७९, सोमबार १९:०५
कोहलपुर (बाँके) : नेपाली काँग्रेस बाँके निर्वाचन क्षेत्र नं. १ का क्षेत्रीय सभापति पोषण केसीलाई कार्यकर्ताले हातपातसहित दुब्र्यवहार गरेका छन । सोमबार बिहान कोहलपुर–२ मा नेपाली काँग्रेसको चुनावी र्याली तथा घरदैलोमा सहभागी भएका क्षेत्रीय सभापति केसीलाई बर्दहवा गाँउमा काँग्रेसी कार्यकर्ताले नै हातपात गरेका हुन । आफुमाथि सो वडामा वडा अध्यक्षको […]