सदरलाइनडटकम,
तनहुँ : तनहुँमा मंगलवार बिहान गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । दमौलीतर्फ आउँदै गरेको लु १ ख ४१९४ नम्बरको बस र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस म्याग्दे ४ मनहरीमा एकआपसमा ठक्कर खाँदा व्यास नगरपालिका वडा न ४ की सरस्वती कुँवर र पहिचान नखुलेकी २८ वर्षीया एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । माइक्रो चालक म्याग्दे १ का तुलबहादुर विक र व्यास २ निवासी विष्णुमाया बस्नेतको गम्भीर रहेको प्रहरीले बताएको छ ।
गम्भीर घाईते दुबै जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको छ भने अन्य सामान्य घाइते ६ जनाको दमौली अस्पतालमा उपचार भईरहेको छ ।
तस्बिर : उज्यालो अनलाइन