योजना कार्यान्वयनमा उपमहानगरको कडाई

२० मंसिर २०७६, शुक्रबार १८:४०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षका योजनाको कार्यान्वयनका लागि सक्रीयता बढाएको छ । यहि चैत महिनाभित्र सबै योजनाहरु सम्पन्न गर्ने गरि योजना कार्यान्वयनका लागि सक्रीयता बढाइएको प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए । नेपालगञ्जमा चालु आर्थिकवर्षमा वडास्तरीय योजना, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, तराई मधेस समृद्धि कार्यक्रम, प्रदेश र संघीय योजनाहरु कार्यान्वयनमा रहेका छन् ।
समयभित्रै सम्पूर्ण योजनाहरु गुणस्तरीय ढंगले निर्माण सम्पन्न गर्नका लागि उपमहानगरपालिकाले बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेलको नेतृत्वमा अनुगमन समिति वडा वडामा खटाएको छ । समितिले वडा नम्बर १, ४, ५, ६, १८ र २० नम्बर वडा कार्यालयमा पुगेर योजनाको कार्यान्वयनबारे जानकारी लिईसकेको छ । अनुगमन टोली केही दिनभित्रै सम्पूर्ण वडामा पुगेर निर्माण अवस्थाबारे जानकारी लिने छ ।
अनूगमनका क्रममा योजनाको हालको अवस्था, योजना सञ्चालनमा आईपरेका समस्याको सहिजकरण पनि टोलीले गर्दै आएको छ । उपमहानगरपालिकाले योजनाको शीघ्र कार्यान्वयनका लागि ओभरसियरलाई वडा कार्यालयमा खटाएको छ । ओभरसियर र प्राविधिकहरु योजनाको स्टिमेटमा सक्रिय भएर लागेका छन् ।
योजनाको स्टिमेट तयार भएका ठाउँमा उपभोक्ता समिति समेत गठन भईरहेको छ । नेपालगञ्ज उप–महानगरपालिका योजना शाखा प्रमुख इञ्जिनियर भुपेन्द्र बोहराले नेपालगञ्जमा हाल संघीय बाहेक करीब २५ करोडका चारसय बढि योजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।
योजना कार्यान्वयनका लागि उपमहानगरपालिकाले वडा कार्यालयलाई अझ बढि जिम्मेवार बनाउँदै लगेको जनाएको छ । चैतभित्र योजना कार्यान्वयनका लागि उपमहानगरपालिकाले निरन्तर अनुगमन गर्दै समस्या भएका स्थानमा तत्काल समाधानका लागि पहल गर्ने जनाएको छ ।

Next Post

एम्बुलेन्स र ट्रक ठोकिदा तीनदिने शिशुको मृत्यु, तीन घाइते

२० मंसिर २०७६, शुक्रबार १८:४०
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके)   : पूर्वपश्चिम राजमार्गको राप्तीसोनारी गाउपालिका वडानं.२ जिरो पोईन्ट नजिकै एम्बुलेन्स र ट्रक एक आपसमा ठोकिदा तीनदिनको शिशुको मृत्यु हुनुको साथै ३ जना घाइते भएका छन् । शनिबार दिउसो १ः४० बजे नेपालगन्जदेखि दाङतर्फ बिरामी लिएर जाँदै गरेको रा १ झ १६१ नं. एम्बुलेन्स र बिपरित दिशाबाट आईरहेको ना […]