सदरलाइनडटकम,
दाङ : घाँटीमा मासु अड्किएर दाङमा एक महिलाको मृत्यु भएको छ । गाउँकै अनन्त रेग्मीको छोराको बिहेभोज खाने क्रममा घाँटीमा मासु अड्किएर घोराही उपमहानगरपालिका वडा नंं १७ पनौरा निवासी ५३ बर्षीया टीका भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार विहीवार अपरान्ह ४ बजे बिहेभोज खानेक्रममा मासु अड्किएको थियो । लगतै घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारकै क्रममा साढे ५ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ ।
