घरदैलोमा गएका क्षेत्रीय सभापतिमाथी आफ्नै कार्यकर्ताद्वारा हातपात

सदरलाइन संवाददाता १९ बैशाख २०७९, सोमबार १९:२२
 

कोहलपुर (बाँके) : नेपाली काँग्रेस बाँके निर्वाचन क्षेत्र नं. १ का क्षेत्रीय सभापति पोषण केसीलाई कार्यकर्ताले हातपातसहित दुब्र्यवहार गरेका छन ।

सोमबार बिहान कोहलपुर–२ मा नेपाली काँग्रेसको चुनावी र्याली तथा घरदैलोमा सहभागी भएका क्षेत्रीय सभापति केसीलाई बर्दहवा गाँउमा काँग्रेसी कार्यकर्ताले नै हातपात गरेका हुन ।


आफुमाथि सो वडामा वडा अध्यक्षको आकांक्षी रहेका यज्ञबहादुर महराले टिकट नपाएको आक्रोशमा महराकै संरक्षणमा समीर विकले हातपात गरेको बताए । हातपात पछि विक फरार रहेका छन । प्रहरीले सो घटनामा संलग्न भनिएका विकको खोजतलास गर्नुको साथै अनुसन्धान सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘असक्षम सरकारका कारण अर्थतन्त्र धरासायी’

१९ बैशाख २०७९, सोमबार १९:२२
नेपालगञ्ज : नेपमलगञ्ज उप–महानगरपालिकामा एमालेका तर्फबाट मेयरका प्रत्यासी पशुपति दयाल मिश्रले गठबन्धन सरकारको असक्षमताको कारण अर्थतन्त्र धराशायी बनाएको आरोप लगाएका छन । नेपालगञ्ज उप–महानगरपालिकाको वडा नं. १९ मा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन । ‘सरकारमा भएका व्यक्तिहरुले नै आर्थिक विचलन गरेका कारणले नेपाली जनताले अहिलेको […]