धारिलो हतियार प्रयोग गरी श्रीमानको हत्या

सदरलाइन संवाददाता १३ भाद्र २०७८, आईतवार २०:२६
 


दाङ्ग :  दाङ्गको तुलसीपुरमा महिलाले धारिलो हतियार प्रयोग गरी श्रीमानको हत्या गरेकी छिन् । तुलसीपुर उपमहानगरपालिका–३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले आफ्ना ७८ वर्षीय श्रीमान् खेमलाल पुरीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङ्गले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार गएराति २ बजेतिर सो घटना भएको हो । धारिलो हतियार तथा दाउरा प्रयोग गरी हत्या गर्ने देवीकुमारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


श्रीमानले मदिरा सेवन गरी यातना दिने गरेको उनले बयान दिएकी छिन् । घरायसी विवादका कारण घटना भएको भनिए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा चिकित्सकहरुको आन्दोलन जारी

१३ भाद्र २०७८, आईतवार २०:२६
दाङ : दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहमाथि मोसो दल्नेलाई प्रहरीले पक्राउ नगरेको विरोधमा चिकित्सकहरुको आन्दोलन जारी छ । दोषीलाई कारबाही र स्वास्थ्यकर्मीलाई सुरक्षाको माग गर्दै अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी […]

सम्बन्धित