नेपालगञ्ज ९ मा बलियो बन्दै एमाले

सदरलाइन संवाददाता १८ बैशाख २०७९, आईतवार १५:३१
 

नेपालगञ्ज : नेपालगञ्ज उपहानगरपालिका ९ मा नेकपा एमालेबाट वडाअध्यक्ष पदमा उम्मेदवारी बनेका गोविन्द रेग्मी घरदैलो अभियानमा जुटेका छन् । शालिन व्यक्तित्वको छवी बनाएका रेग्मी वडाबासीमा परिचित छन् ।

आफ्नो वडालाई सम्बृद्ध र विकसित वडाकोरुपमा विकास गर्न आफु चुनावी मैदानमा उत्रिएको उनी बताउँछन् । वडाको भौतिक पूर्वाधार विकास देखि शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिइने उनको भनाई छ ।


आफ्नो वडालाई नमुना वडाकारुपमा विकास गर्नका लागि आफुलाई मत दिन उनले सबै मतदातासँग आग्रह गरेका छन् । नेकपा एमालेका पुराना नेताकोरुपमा पहिचान बनाएका रेग्मीप्रति मतदाताहरु पनि उत्साहित देखिएका छन् ।

वडाबासीको पीरमर्का बुझ्ने उम्मेदवारलाई आफुहरुले जिताउने वडाबासीको भनाइ छ । वडाको विकासका लागि मान्छे हेरेर मत दिने पनि मतदाताहरु बताउँछन् । नमुना वडा बनाउन सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने रेग्मीको प्रतिबद्धता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके, बर्दियाको सीमानाका ७२ घण्टा बन्द गरिने

१८ बैशाख २०७९, आईतवार १५:३१
नेपालगञ्ज : यही ३० गते वैशाखमा हुने स्थानीय तहको निर्वाचनअघि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने द्विपक्षीय निर्णय भएको छ । नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर […]