जसपा उम्मेदवार राई मतदाताको घरदैलोमा

सदरलाइन संवाददाता २ कार्तिक २०७९, बुधबार ११:५३
 

 

नेपालगञ्ज : आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचन लक्षित कार्यक्रमका साथ मतदाता रिझाउन उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्न सुरु गरेका छन् । यसक्रममा जनता समाजवादी पार्टी जसपा बाँकेले क्षेत्रनं २ मा आफ्नो चुनावी प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रम सुरु गरेको छ ।


जसपाका नेता तथा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राई आफ्नो चुनावी प्रचार अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूसँग बुधबार बिहान नेपालगञ्जका भित्री टोलहरूबाट घरदैलो गरिरहेका छन् ।

त्यसक्रममा उम्मेदवार राईले घरघरमा मतदाताहरूलाई भेटेर आफूले गरेको कामको मूल्याङ्कनका आधारमा भोट दिन आग्रह गरे । घरदैलोका क्रममा स्थानीयले उम्मेदवार राईलाई स्वागत गरेका थिए ।

निर्वाचन क्षेत्रका सबै वडाहरू तथा अरू पनि विभिन्न स्थानमा प्रचार प्रसारका लागि कार्यालयहरू खोलेपछि जसपाले घरदैलो कार्यक्रम सुरू गरेको हो । घरदैलो कार्यक्रममा प्रदेशसभा ‘ख’का उम्मेदवार आदेशकुमार अग्रवाल, समानुपातिकतर्फका उम्मेदवारलगायत जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरू सहभागी रहेको प्रचार सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मतदाताको गुनासो सुन्दै हौसला बटुल्दै रास्वपा उम्मेदवार अग्रहरी

२ कार्तिक २०७९, बुधबार ११:५३
नेपालगञ्ज : मंसिर ४ गते हुन गइरहेको नर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि राष्टिय स्वतन्त्र पार्टीका उमेदवार विनोद अग्रहरीले मतदाताको हौसला पाइरहेका बताएका छन् । आफ्नो चुनावी एजेण्डाका साथ घरदैलोमा पुगेका राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार अग्रहरीले मतदाता समक्ष उनले आफ्ना एजेण्डामा मतदाताहरु प्रभाविति भएर उनलाई शुभकामना […]

सम्बन्धित