आईसीसी विश्वकपमा अमेरिकाविरुद्ध नेपालको शानदार जीत

२९ माघ २०७६, बुधबार १४:४८
 

सदरलाइनडटकम,
काठमाण्डौ : आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङको निम्तो पाएको अमेरिका १२ ओभरमा अलआउट हुँदा मात्र ३५ रन जोड्न सक्यो । ३६ रनको लक्ष्य नेपालले दुई विकेट गुमाएर पूरा गर्यो ।
ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शुन्य रनमा आउट भएपछि पारस खड्का र दीपेन्द्रसिंह ऐरले उक्त लक्ष्य पूरा गरेका थिए । पारसले १२ बलमा २० रन र ऐरले ११ बलमा १५ रन बनाएका थिए । अमेरिकालाई ३५ रनमा समेट्न सन्दीप लामिछाने र सुशन भारीले कसिलो बलिङ गरेका थिए ।
उनीहरु दुवैले अमेरिकाको १० विकेट बाँडेर लिए । सन्दीपको नाममा ६ र सुशनको नाममा ४ विकेट परेको थियो । अमेरिकाको तर्फबाट सुरुवाती ब्याट्सम्यान जेभियर मार्सलले १६ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
सुसनले जेभियर, एरोन जोन्स, स्टभिन्सन, थेरोनको विकेट लिएका थिए भने सन्दीपले होल्यान्ड, मोनाक दिलिपभाइ पटेल, अक्षय होमराज, तिमिल कौसिक पटेल र नोस्तुस प्रदीप कान्जीजको विकेट लिएका थिए । ओमानलगायत त्रिकोणात्मक सिरिजको अन्तिम खेल नेपाल र अमेरिकाले खेलेका थिए ।

Next Post

धनगढीबाट तीन जना नक्कली प्रहरी पक्राउ

२९ माघ २०७६, बुधबार १४:४८
सदरलाइनडटकम, कैलाली : नक्कली प्रहरी बनेर रकम असुल्ने ३ जना धनगढीबाट पक्राउ परेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्बर १ घर भई धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनहेरा बस्ने ३२ वर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुर बस्ने ३५ वर्षीय गौरव हमाल र कञ्चनपुर पुनर्वास नगरपालिका […]