स्टिम शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

सदरलाइन संवाददाता २२ फाल्गुन २०७७, शनिबार ०९:१८
 

नेपालगञ्ज : प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयाेग तथा स्याक नेपालकाे आयोजनामा सिकाइ परियोजना संचालन भएका जिल्ला, स्थानीय तह तथा प्रदेशस्तरिय शिक्षा निकाय र साझेदारी संस्थाका प्रतिनिधिहरुका लागि स्टिमशिक्षा सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

गत फाल्गुन १९ गतेदेखि २१ गतेसम्म नेपालगञ्जमा संचालन भएको सो तालिमलाई काठमाण्डाै विश्वविद्यालयका सहायक प्राध्यापक तथा कार्यवाहक स्टिम शिक्षा विभाग प्रखुम विनोद प्रसाद पन्तले सहजिकरण गरेका थिए ।


तालिममा स्टिम शिक्षाका विविध पक्षहरु, स्टिम शिक्षण विधि, स्टिम विषयवस्तुहरु तथा नेपाल सरकारले हालै लागु गरेको इन्टेग्रेटेड पाठ्यक्रममा पक्षहरुमा प्रशिक्षण गरिएको थियो । तालिमका सहभागीहरुले तालिमले स्टिम शिक्षाको अवधारणामा स्पस्ट हुन, इस्टिम शिक्षा र इन्टेग्रेटेड पाठ्यक्रमलाई स्थानीय तहमा कार्यान्वयन गर्न तालिम सहयोगी भएको बताए ।

तालिमको समापन शत्रलाई सम्बोधन गर्दै प्लान इन्टरनेशलन नेपालका क्षेत्रीय प्रवन्धक मिना पराजुलीले विश्वमा आएका परिवर्तनहरुलाई आत्मसात गर्दै जानु पर्ने तथा स्टिम शिक्षालाई विद्यालयस्तरमा लैजानुपर्ने आवश्यकता रहेकोः र यो तालिमले सो लक्ष्य प्राप्त गर्न थप टेवा पुग्ने अपेक्षा गरेको बताउदै विद्यालयमा समय सान्र्दर्भिक शिक्षा प्रदान गर्दैै बालबालिकालाई समयको माग अनुसारको सिप दिनुपर्ने बताईन् । सो तालिममा ९ जिल्लाका ४२ जनाको सहभागीता रहेको थियो ।

Next Post

३६ वर्ष पहिले चोरी भएको मूर्ति नेपाललाई हस्तान्तरण

२२ फाल्गुन २०७७, शनिबार ०९:१८
काठमाण्डौ : ३६ वर्ष अगाडि चोरी भएको एक मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । १२औं शताब्दीको वासुदेव कमलाजा मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो । अमेरिकास्थित नेपाली दूतावासमा हालै आयोजित एक कार्यक्रममा अमेरिकी सरकारका तर्फबाट एफविआईका उप सहायक निर्देशक टिमोथी एन डुनहमले अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई […]