२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

कोहलपुरमा एमाले उम्मदवार तथा मुस्लिम अगुवाबीच ईदको शुभकामना आदान प्रदान



कोहलपुर (बाँके) : नेकपा एमालेबाट कोहलपुर नगरपालिकामा मेयर पदका उम्मेदवार खिलप्रसाद भुसालले इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व इल उल फित्र ईदले मुलुकमा भाइचाराको सम्बन्ध, सुख र शान्ति अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।

इद उल फित्र पर्वका अवसरमा उनले एक शुभकामना सन्देश जारी गरी भाइचाराको महत्त्वपूर्ण सन्देश दिने पर्वको रुपमा रहेको इल उल फित्र ईद मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउन कामना गर्दै उनले कोहलपुर नगरवासी तथा समग्र नेपाली मुसलमान समुदायको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन ।

यसैगरी कोहलपुर नगरपालिकामा मेयरका प्रत्यासी भुसाल, उपमेयर तथा विभिन्न वडामा एमालेका उम्मेदवार रहेका उम्मेदवारहरुले मुस्लिम समुदायका धर्म गुरु अगुवासँग ईदगाहमा भेट गरी ईदको शुभकामना साटासाट गर्दै आफ्ना पक्षमा मतदान गर्न अपिल गरेका छन ।

उम्मेदवारहरुले समुदायको शिक्षा, स्वास्थ्य र अन्य समस्याहरुको समाधानको लागि आफुहरु सधैब तत्पर रहने सो अवसरमा प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : २०७९ वैशाख २० गते मंगलबार
ताजा समाचार