राप्तीसोनारीमा काँग्रेसका उम्मेदवारद्वारा घरदैलो अभियान तिव्र पार्दै

सदरलाइन संवाददाता १७ बैशाख २०७९, शनिबार १९:५६
 

राप्तीसोनारी (बाँके) :  आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बाँकेको राप्तीसोनारीमा अध्यक्षका उम्मेदवार तप्त पौडेलले घरदैलो अभियान तिब्र पारेका छन् । उनको टिमले राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ को राजपुर ,सम्सेरगंज र टिकुलिपुरमा मतादाताहरुसंग भेटघाट कार्यक्रम गरेको छ ।

कार्यक्रममा स्थानीय बासीहरुको मागलाई सम्बोधन गर्दे अध्यक्ष पदका उम्मेदवार पौडेलले अति आवश्यक शिक्षा ,स्वास्थ्य ,बाटोघाटो र बिजुली जस्ता पुर्वाधारको विकास गर्ने प्रतिबद्धता जनाए ।


उनले ईन्टरनेटको सुविधा नपुगेको स्थानमा फ्रि वाईफाई जोनको व्यवस्था गर्ने बताए । यस्तै राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष पदका उम्मेदवार मनिसा सिंह थारुले स्थानीयका समस्या समाधानका लागि निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरिन छ ।

स्थानीयसंगको भेटघाट कार्यक्रममा वडा नम्बर २ का वडाअध्यक्ष पदमा उम्मेदवार तुलाराम खत्रीले स्थानीयको समस्यालाई जति सक्यो छिटो हल गरी विकासको गति बढाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको डुडुवामा काँग्रेसको घरदैलो

१७ बैशाख २०७९, शनिबार १९:५६
डुडुवा (बाँके) : आसन्न स्थानीय तह निर्वाचन केन्द्रीत बाँकेको डुडुवा गाउँपालिकामा काँग्रेसले घरदैलो अभियानलाई तीब्र बनाएको छ । काँग्रेसबाट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार बनेका नरेन्द्र चौधरी पप्पु र उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानुले डुडुवा गाउँपालिका २ बाबागाउँ, कैरेटीपुरुवा र कोलहीमा घरदैलो गरेका हुन् । घरदैलोका क्रममा उम्मेदवार पप्पु र बानुले […]