ठूलो परिमाणमा महिलाले लगाउने भित्री बस्त्र बरामद

सदरलाइन संवाददाता ६ कार्तिक २०७९, आईतवार १४:०५
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १३ बुलबुलीयाबाट प्रहरीले अबैध सामान बरामद गरेको छ । तस्करहरुले भन्सार छलेर भित्र्याएको लेडिजको भित्री बस्त्र प्रहरीले बरामद गरेको हो ।

प्रहरी स्रोतका अनूसार तस्कर नाइके मोनु र आरिफले ती बस्त्र नेपाल भित्र्याउंन सफल भएका हुन् । प्रहरीलाई देख्नासाथ बस्त्र छाडेर तस्कर फरार भएको बताइएको छ । ४ हजार ४ सय ६३ पिस ती बस्त्रको भन्सार मुल्य ६ लाख ६९ हजार ४५० रहेको प्रहरीले जनाएको छ ।


चाडपर्वको मौका छोपेर तस्करहरुले भारतबाट भन्सार छलि गरेर विभिन्न सामान भित्र्याउने गरेका छन् । त्यसकाविरुद्ध प्रहरी सक्रिय बनेको वडा प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै

६ कार्तिक २०७९, आईतवार १४:०५
नेपालगञ्ज : यमपञ्चक अन्तर्गत सोमवार धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाईंदैछ । घरमा बिहानै सफा सुग्घर तथा गाईको गोबर एवम् रातोमाटोले लिपपोतसँगै दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, कोठा, कौसीमा सृङ्गार गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा र दिपावली […]

सम्बन्धित