होली पर्वका अवसरमा ट्राफिक व्यवस्थापनमा कडाई

सदरलाइन संवाददाता १५ चैत्र २०७७, आईतवार १५:२४
 

नेपालगञ्ज : होली पर्वमा अवाञ्छित गतिविधि हुन नदिन ट्राफिक प्रहरी बाँकेले ट्राफिक व्यवस्थापनमा कडाइ गरेको छ ।

ट्राफिक प्रहरीले अवाञ्छित गतिविधि, दुर्घटना र कोरोना महामारीलाई ध्यानमा राखेर आइतबार बिहानैदेखि सवारी चेकिङलाई कडाइ गरेको हो । नेपालगञ्जका चोकहरु, खजुरारोड, कोहलपुर रोड, जमुनाह रोड, रिमझिम रोड, राजमार्गका भित्रि सडक लगायतका स्थानमा ट्राफिक चेकिङ भइरहेको छ ।


मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु बोक्नेलगायतका सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले बताएको छ ।

प्रहरीले होलि पर्व घरभित्रै मनाउन माइकिङमार्फत जानकारी गराइ रहेको छ ।

Next Post

कोहलपुरको मन्नापुरमा बाख्रा उपाहार कार्यक्रम

१५ चैत्र २०७७, आईतवार १५:२४
कोहलपुर (बाँके ) : बाँकेको कोहलपुर नगरपालिकाले विपन्न गृहणी महिलाको आयस्तर उकास्न ‘बाख्रा उपाहार’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । कोहलपुर नगरपालिकाले विभिन्न ९ वटा वडामा ८० समूह निर्माण गरी २ हजार विपन्न महिलाको बीचमा सो कार्यक्रम सञ्चालन गरेको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिए । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग हेफर ईन्टरनेशनलको […]