त्रिभुवन माविमा लगाईएको ताला खुल्यो

सदरलाइन संवाददाता १९ श्रावण २०८०, शुक्रबार १६:१६
 

कोहलपुर (बाँके) : कोहलपुर १० मा रहेको त्रिभुवन नमुना माविमा शुक्रबार बिहान लगाईएको ताला त्रिपक्षिय सहमति पश्चात् खुलेको छ ।

बिद्यार्थीहरुले निशुल्क पाठयपुस्तक प्राप्त गर्न नसकेको मुद्धालाई लिएर स्वतन्त्र बिद्यार्थी युनियन कोहलपुरको अगुवाईमा भएको शान्तिपुर्ण आन्दोलनलाई बिद्यालय प्रशासनले गम्भिरतापुर्वक नलिएको भन्दै गरिएको तालाबन्दी सरोकारवाला पक्ष सहमतीमा आएपछि खोलिएको स्ववियु अध्यक्ष देबेन्द्र बुढाले बताए ।

सरकारको निती बमोजिम बिद्यार्थीहरुलाई निःशुल्क पाठयपुस्तक नदिएर बाहिरबाट किन्न बाध्य पारिएपछि आन्दोलन गर्न बिद्यार्थीहरु बाध्य भएका थिए । बिद्यालय ब्यबस्थापन समिती, बिद्यालयका प्रधानाध्यापक, शिक्षक अभिभावक संघ र बिद्यार्थी नेताहरुबिच भएको छलफल पश्चात बिद्यार्थीका नाममा आएको रकम फिर्ता नगर्ने, पाठयपुस्तकको लागत बराबरको नगद नै बिद्यार्थीहरुलाई दिने गरि सहमती भएपछि आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएको आन्दोलनरत पक्षले जनाएको छ ।


यसअघि सामाजिक सञ्जालमा सेनेटरी प्याड खरिदमा अनियमितता भएको गुणस्तरहिन सेनेटरी प्याड खरिद गरिएको बिषय उठेपछि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रतन बहादुर बुढा, प्रधानाध्यापक देबका वस्नेत थापा, शिक्षक अभिभावक संघका प्रेम नारायण पौडेल र बिद्यालय ब्यबस्थापन समितिका सदस्य कुल प्रसाद भट्टराई, नरेश जंग अर्यालले एक बिज्ञप्ति निकाल्दै सेनेटरी प्याड खरिद नगरिएको तर खरिदका लागि असार २७ गतेको निर्णयअनुसार खरिद प्रक्रिया अगाडि बढाईएको उल्लेख गरेका थिए ।

तर बिद्यार्थी संगठनले खरिद भएको भन्दै स्यानेटरी प्याड राखेको कोठामा ताला बन्दि गरेको थियो । उनीहरुले स्यानेटरी प्याडमा गुणस्तरहिन र अनियमितता भएको भन्दै छानविन गर्ने माग समेत राखेका छन् । स्यानेटरी प्याड भएको कोठामा लगाईएको ताला भने अझैसम्म खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शौचालयको पर्खाल भत्किँदा घाइते भएकी बालिकाको मृत्यु

१९ श्रावण २०८०, शुक्रबार १६:१६
नेपालगञ्ज : बर्दियाको एक निजी विद्यालयको शौचालयको पर्खाल भत्किँदा घाइते भएकी बालिकाको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–७ तिल्कानामा रहेको रिभर क्विन्स बोर्डिङ स्कूलमा रहेको शौचालयको पर्खाल भत्किँदा बुधबार घाइते भएकी कक्षा ३ मा अध्ययनरत ९ वर्षीया मेरिना थारूको मृत्यु भएको हो । बढैयातालको फूलपुर निवासी उनको उपचारका क्रममा शुक्रबार […]