व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि तालिम सम्पन्न

सदरलाइन संवाददाता १६ पुष २०७९, शनिबार १५:४७
 

खजुरा (बाँके) :  व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि ३ दिने तालिम शनिवार खजुरा गाउँपालिकामा सम्पन्न भएको छ ।

उक्त तालिम सामाजिक सुरक्षा र घटना दर्तालाई अझै प्रभावकारी बनाउने र गाउँपालिका तथा वडामा अनलाइन व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा सम्वन्धी कार्यलाई व्यवस्थित बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले बताए ।

तालिममा सामाजिक सुरक्षा भत्ता ऐन २०७५ मा भएका व्यवस्था, भत्ता वितरण, नवीकरण, घटना दर्ता, संशोधन लगायतका सवालमा देखापरेका समस्या समाधान, नयाँ बनेका नियम कानुनका बारेमा जानकारी दिइएको थियो । प्रत्येक व्यक्तिको युनिकोड आइडी सहितको व्यवस्थित अभिलेख राख्ने अनलाइन प्रणाली हो ।


सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरुको विवरण दर्ता, नविकरण, लागत कट्टा तथा आवश्यक प्रतिवेदन हेर्न र निकाली प्रकाशन गर्न केन्द्रीय पञ्जीकरण विभागले यो प्रणाली सञ्चालनमा ल्याएको हो ।

तालिमको समापन गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा अत्यन्त संवेदनशील विषय भएकाले जिम्मेवार भएर काम गर्न निर्देशन दिएका थिए । उक्त तालिममा खजुरा पालिकाकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल, खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्याय, ८ वटै वडाका अध्यक्ष, सूचना प्रविधि अधिकृत, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शाखा प्रमुख, एम.आई.एस. अपरेटरहरु, वडा सचिवहरु, फिल्ड सहायकहरु उपस्थिति रहेको थियो ।

तालिमको सहजिकरण राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग निर्मल कुमार शर्माले गर्नुभएको थियोे । व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँ सराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउन जरुरी छ । व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाका गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र जरुरी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय मेलमिलाप दिवसमा यसको सान्दर्भिकताबारे नेपालगञ्जमा चर्चा

१६ पुष २०७९, शनिबार १५:४७
नेपालगञ्ज : राष्ट्रिय मेलमिलाप दिवसमा यसको सान्दर्भिकताबारे नेपालगञ्जमा चर्चा गरिएको छ । नेपाली कांग्रेस बाँकेले आज ४७औं राष्ट्रिय मिलमिलाप दिवसका अवसरमा पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको विचार गोष्ठीमा बक्ताहरुले नेपाली राजनीतिका मूर्धन्य व्यक्तित्व विपी कोइरालाले अंगिकार गरेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । राष्ट्रियता जोगाउन कोइरालाले […]