नेपालगञ्जको कारकादौंमा एकसाथ २५ सडक बन्दैं

सदरलाइन संवाददाता २६ फाल्गुन २०७९, शुक्रबार १४:२६
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकादौंमा एकसाथ २५ वटा सडक निर्माण गरिदैंछ । वडा अध्यक्ष दिपक वर्माका अनुसार ११ वटा सडकको हाल निर्माण कार्य जारी रहेको छ । “यो आर्थिक बर्षमा कालोपत्रे, पीसीसी तथा आरसीसी नाला सहितको ११ वटा सडक निर्माण भइ रहेको छ ,” वडा अध्यक्ष वर्माले भने,– “केही दिन पछि थप १४ वटा सडकको निर्माण शुरु हुने तयारी छ । ”

वडा अध्यक्ष वर्माले २०७९ सालको निर्वाचन जिते पछि छोटो समयमै धेरै सडकको निर्माण अघि बढेको छ । ६ कुने चौकदेखि दक्षिण गौरी शंकरटोल, लगदहवा हुँदै बाईपास सडकको करिब २ किलोमिटर अस्फाल्ट शिलान्यास गरिएको छ । यस भित्र लगदहवा गाउँ भित्र पक्की नाला समेत निर्माण भइ रहेको वडा अध्यक्ष वर्माले जानकारी दिए । वडा अध्यक्ष बर्माले चालू आर्थिक बर्षमा सडक पुर्वाधार कार्यलाई तीव्रता दिएको बताए ।


शिक्षा, स्वास्थ्य र मानवीय विकासलाई पनि संगसँगै अघि बढाइएको भन्दै वर्माले स्थानीय माग र आवश्यकता अनुसार सडक निर्माण कार्य अघि बढाइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुलाकी राजमार्गअन्तर्गत बाँकेमा तीन सडक निर्माण हुँदै

२६ फाल्गुन २०७९, शुक्रबार १४:२६
नेपालगञ्ज : हुलाकी राजमार्गअन्तर्गत बाँकेमा तीनओटा सडक निर्माणाधीन छन् । बाँकेको राप्ती पुलपूर्व २१ किलोमिटर सडक, नेपालगञ्जदेखि बर्दियाको गुलरियासम्म २७ दशमलव ४६ किलोमिटर र नेपालगञ्ज बसपार्कदेखि राप्तीपुलसम्म नौ किलोमिटर सडक निर्माणाधीन रहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले बताएको छ । नेपालगञ्ज–गुलरिया सडकको बाँके खण्ड ११ दशमलव ६ किलोमिटर छ […]