इन्जिन फेल भएको जहाज दुर्घटनाबाट जोगियो

सदरलाइन संवाददाता ४ बैशाख २०७९, आईतवार १६:३९
 

काठमाण्डौ : समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ। काठमाडौंबाट लुक्ला उडेको समिट एयर जहाजको एउटा इन्जिन फेल भएपछि पुनः काठमाण्डौमै फर्काएर सुरक्षित अवतरण गरिएको हो ।

काठमाण्डौबाट आइतबार बिहान ११ बजेर ४७ मिनेटमा एसएमए ४०७ उडान नम्बरको जहाज लुक्ला उडेको थियो । उडानकै क्रममा जहाजको बायाँ तर्फको इन्जिन फेल भएपछि जहाज काठमाण्डौ डाइभर्ट गरिएको थियो ।


१५ यात्रु र तीन चालक दलका सदस्य सवार जहाजलाई काठमाण्डौमा आपतकालीन अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ । सो क्रममा विमानस्थल करिब १० मिनेट बन्द गरिएको थियो । विमानस्थल स्रोतका अनुसार विमानमा सवार सबै यात्रु र चालक दलका सदस्य सुरक्षित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेले बाँकेमा पाँच पालिकाको उम्मेदवार छान्यो

४ बैशाख २०७९, आईतवार १६:३९
नेपालगञ्ज : नेकपा एमाले, बाँकेले पाँच वटा पालिकाको उम्मेदवार टुंग्याएको छ । अब तीन वटा पालिकाको उम्मेदवार टुंगो लगाउन बाँकी छ । एमाले नेताका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाको उम्मेदवार टुंगो लागिसकेको छ । नेपालगञ्जमा पशुपतिदयाल मिश्र, खजुरामा सुमन मल्ल, नरैनापुरमा पदमावती यादव, […]

सम्बन्धित

ताजा अपडेट