दुबईमा बेचिएकी नेपाली युवतीको उद्धार

सदरलाइन संवाददाता ९ चैत्र २०७९, बिहीबार १३:३५
 

नेपालगञ्ज : मानव तस्करबाट चङ्गुलमा परेर दुबईमा बेचिएकी एक जना नेपाली युवतीको उद्धार भएको छ । कर्णाली प्रदेशको सुर्खेतस्थित भेरीगंगा नगरपालिकाली २० की विमला (परिवर्तित नाम) लाई दुबईबाट उद्धार गरिएको हो ।

माइती इन्डिया, लब नेपाल, लब एण्ड होपको पहलमा कक्षा १२ मा अध्ययनरत विमलाको घरको कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारीमा जाने मनस्थितिमा थिइन् । उनको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै मानव तस्करहरुले उनलाई प्रलोभनमा पारी दुबई पुर्याएर बिक्री गरेको खुल्न आएको हो ।

विमलालाई मानव तस्कर गिरोहले गत माघ २ गते एयर अरेबियाको जहाजमार्फत दुबई पुर्याएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम भनिने मानव तस्कर उनलाई पुर्याउन आफैं पुगेको समेत खुल्न आएको छ । मानव तस्करीका गिरोहले उनलाई दुबईमा ५ लाख ४ हजार नेपाली रुपैयाँमा विक्री गरेका थिए । उक्त मानव तस्कर गिरोहमा वर्ष ३२ का दीपक मगर, वर्ष ३० को मौसम, वर्ष ३५ को पाकिस्तानी नागरिक समीर, मिना डोल्मा लगायताको संलग्नता रहेको पीडितले बताएकी छन् ।


घटनाको जानकारी पाएका स्वीडेन नागरिक जोनाथन र जोन अबलेन लभ नेपालको अध्यक्ष बालकृष्ण पाण्डे र माइती इन्डियाकी निर्देशक पुजा पाण्डेलाई उद्दारका लागि अनुरोध गरेका थिए । सोही बमोजिम बालकृष्ण र पुजाको संयुक्त टिमले परराष्ट्र मन्त्रालय, नेपाल प्रहरीको मानव बेचविखन तथा अनुसन्धान वियुरोको आवश्य समन्वयमा उनको उद्दार गरिएको हो ।

बेचिएकी विमलालाई पटक–पटक यौन शोषण गरिएको र मानसिक तनाव दिएको कारण उनले आफूले काम गर्न नसक्ने बताएपछि आफू बेचिएको थाहा पाएकी थिइन् । उनलाई नेपाली रुपैयाँ ५ लाख ४ हजारमा बेचिएको र उक्त पैसा नदिएसम्म नेपाल फर्कन नसक्ने भन्दै काम लगाउने मालिकले बताएको उनले भनिन् । स्वीडेन नागरिक जोनाथनले विमलालाई कक्षा एकदेखि पढाउदै आएका थिए । विमला बेचिएको थाहा पाएपछि उनी आफैं दुवई पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा कांग्रेस आईका नेता राहुल गान्धीलाई जेल सजाय

९ चैत्र २०७९, बिहीबार १३:३५
काठमाण्डौ : भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । सन् २०१९ मा उनले प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर उनीमाथि मानहानीको मुद्दा दायर भएको थियो । गुजरातको सुरतस्थित अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमति समेत दिएको छ […]