धवल र रवीन्द्रसहित ४१ जनालाई ६ दिन हिरासतमा राख्न म्याद थप

सदरलाइन संवाददाता २० चैत्र २०८१, बुधबार १८:४४
 

काठमाडौं : राजावादी आन्दोलनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका ४१ जनालाई दोस्रो पटक म्याद थप भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि बुधबार उपस्थित गराइएको थियो । उनीहरूलाई थप ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको अदालत स्रोतले जानकारी दियो ।


आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो ।

उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । पाँच दिनको म्याद मंगलबार सकिएकाले उनीहरुलाई आज दोस्रो पटक म्याद थप गर्न लगिएको हो । म्याद थप गर्न लैजान लागिएकाहरूमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद तथा राप्रपाका महामन्त्री धवल शमशेर राणासहितका व्यक्तिहरू छन् ।

मंगलबार मात्रै थप १८ जनालाई पक्राउ गरेर म्याद थप गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बक्यौता नतिर्नेको विद्युत लाईन काट्न गएका विद्युतका कर्मचारीमाथि कुटपिट

२० चैत्र २०८१, बुधबार १८:४४
नेपालगञ्ज : नेपालगञ्जको एकलैनी क्षेत्रमा विद्युत महसुल नतिरेका कारण लाइन काट्न गएका नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई सेवाग्राहीले फिल्डमै मराणसन्न हुने गरी कुटेका छन् । मंगलबार दिउँसो नियमित विद्युत काट्ने लिष्ट लिएर फिल्ड पुगेका कर्मचारीहरू नेपालगञ्ज–३ एकलैनी क्षेत्रमा कुटिएका हुन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एकलाइनी क्षेत्रमा नेपालगञ्ज वितरण केन्द्रबाट विद्युत महसुल […]

ताजा अपडेट