जङ्गली च्याउ खाँदा दाङमा ६ जना बिरामी

सदरलाइन संवाददाता २६ असार २०७९, आईतवार १३:४७
 

नेपालगञ्ज : दाङमा जङ्गली च्याउ खाएर ६ जना बिरामी परेका छन् । शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

बिरामी पर्नेमा घोराही उपमहानगरपालिका–११ खैरा निवासी ४२ वर्षीय भोला बिसी, उनकी छोरीहरू २० वर्षीया सोनु बिसी र १५ वर्षीया पविता बिसी रहेका छन् । त्यस्तै विषादी च्याउ खाएर घोराही–१२ हापुर निवासी ४२ वर्षीय लालबहादुर बस्नेत, उनकी श्रीमती ४० वर्षीया शान्ता बस्नेत र छोरा १६ वर्षीया समिर बस्नेत पनि बिरामी परेको प्रहरीले बताएको छ ।


बिरामीहरू सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लालबहादुरको परिवारको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ज्ञानोदय सामुदायिक पुस्तकालयको अध्यक्षमा भट्टराई विजयी

२६ असार २०७९, आईतवार १३:४७
नेपालगञ्ज : कोहलपुर नगरपालिका ११ मा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको अध्यक्षमा चेतकान्त भट्टराई विजयी भएका छन् । भट्टराईले आफ्ना प्रतिद्वन्द्वीलाई पछि पर्दै ३२७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी ठाकुर प्रसाद भुषालले २७६ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा मणि प्रसाद गैरेले ४२६ […]