सल्यानमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

सदरलाइन संवाददाता २० मंसिर २०८०, बुधबार १४:०१
 

नेपालगञ्ज : धारिलो हतियार प्रयोग गरी सल्यानमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । यहाँको सिद्धकुमाख गाउँपालिका–३, उचाल्नेका ४५ वर्षीय डम्मर सार्कीले मंगलवार राती ४० वर्षीया श्रीमती सितली सार्कीको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता भवानीप्रसाद धमलाले धारिलो हतियार प्रहारबाट सितली सार्कीको घटनास्थलमै मृत्यु भएको बताए । उनका अनुसार श्रीमतीको हत्या गर्ने वर्ष ४० का डम्मर सार्की हत्यापछि प्रहरी चौकी ढोडचौर आउँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।


हत्या आरोपी सार्कीलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखिएको छ । घटनास्थलबाट प्रहरीले रगत लागेको बञ्चरो र दाउरा बरामद गरेको प्रहरीले जनाएको छ ।

मृत सितली सार्कीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा रैथाने उत्पादन प्रवर्धन गर्न हाटबजार

२० मंसिर २०८०, बुधबार १४:०१
नेपालगञ्ज : नेपालगञ्जमा पहिलो पटक रैथाने बस्तुबाट उत्पादन गरिएका लुगा कपडा र खाद्यवस्तुको प्रवर्धनका लागि हाटबजार सञ्चालन हुनेभएको छ । नेपालगञ्जबाट कोक्रोमाको उत्पादन बजारीकरण र विक्रीवितरण गर्दैआएको नाना चाचाले नेपालगञ्जमा प्रत्येक शनिबार रैथाने बस्तुबाट उत्पादन गरिएका लुगा कपडा र खाद्यवस्तुको प्रवर्धनका लागि हाटबजार सञ्चालन गर्न लागेको महिला उद्यमी तथा नाना […]

सम्बन्धित