प्रथम शिखा जिल्लास्तरीय स्विमिङ प्रतियोगिता कोहलपुरमा हुने

सदरलाइन संवाददाता २० चैत्र २०८१, बुधबार २०:०२
 

नेपालगन्ज : प्रथम शिखा जिल्लास्तरीय स्विमिङ प्रतियोगिता कोहलपुरमा हुने भएको छ । नेपालगञ्ज स्विमिङ क्लबको सहकार्यमा यस प्रतियोगिताको आयोजना हुन लागेको आयोजकले जनाएको छ ।

शिखा एकेडेमी कोहलपुरको आयोजनामा हुन लागेको यो प्रतियोगिता काठमाडौँ उपत्यका बाहिर पहिलो भएको बताइएको छ । शिखा एकेडेमी कोहलपुर प्रालिको आफ्नै परिसरमा रहेको १२.५ मी./२५ मी. साइजको आप्mनै पौडी पोखरीमा प्रतियोगिता सञ्चालन हुनेछ ।


पौडीखेलको विकास तथा यस क्षेत्रभित्र रहेका प्रतिभावान पौडी खेलाडीहरुको प्रतिभालाई उजागर गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको एकेडेमीका अतिरिक्त क्रियाकलाप प्रमुख सूर्यमणी अधिकारीले जानकारी दिए ।

चैत २३ गते हुन गइरहेको उक्त प्रतियोगितामा १५ वटा विद्यालयका ६५ जना विद्यार्थी सहभागी हुँदैछन् । जसमा १७ जना छात्रा तथा ४८ छात्र छन् । पाँचवटा उमेर समुहमा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशतभन्दा बढी

२० चैत्र २०८१, बुधबार २०:०२
नेपालगञ्ज  :  आर्थिक वर्ष २०७१/७२ मा सुरु भएको राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशतभन्दा बढी भएको छ। भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियामा सिँचाइ पुर्‍याउने लक्ष्यका साथ निर्माण भइरहेको यो आयोजनाको प्रगति हाल ८३.७ प्रतिशत पुगेको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–११ चिप्लेस्थित भेरी नदीमा बाँध […]