२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

टुर दि ठाकुरद्वाराको चौथो संस्करण शुरु



नेपालगञ्ज : टुर दि ठाकुरद्वाराको चौथो संस्करण शुक्रवारबाट शुरु भएको छ । नेपालगञ्जको बागेश्वरी मन्दिरबाट शुरु भएको यात्रा नेपालगञ्ज बजार परिक्रमा गरि जानकी, खजुरा, बर्दियाको बढैयाताल, बासगढी, कतर्निया, भुरिगाँउ हुँदै ८० किलोमिटरको साइकल यात्रा पुरा गरि ठाकुरद्वारा पुगेको छ ।

नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गरेको टुर दि ठाकुरद्वारामा २ सय बढी साइक्लिष्टहरुले सहभागिता जनाएको आयोजक क्लब अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।

अध्यक्ष निरौलाले तीन संस्करणबाट प्राप्त सिकाइबाट थप उर्जासहित चौथो संस्करण भव्यरुपमा सम्पन्न गर्न लागेको जानकारी दिए ।

बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने र साइकल संस्कृतिको बढावामा टेवा पु¥याउने लक्ष्यसहित संस्कृति, प्रकृति, पर्यटन र खेलकुद भन्ने मुल नारासहित टुर दि ठाकुरद्वारा आयोजना गरिएको हो ।

प्रकाशित मिति : २०७८ फागुन २० गते शुक्रबार
ताजा समाचार