रेडपाण्डाको छाला र चरेशसहित ६ जना पक्राउ

सदरलाइन संवाददाता ६ चैत्र २०७८, आईतवार १७:०२
 

नेपालगञ्ज : बाँके प्रहरीले आइतवार रेडपाण्डाको छाला र चरेशसहित ६ जनालाई पक्राउ गरेको छ । नेपालगञ्जको नर्सिङहोम अगाडिको एक होटलबाट दुई थान रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको हो ।

डोल्पाका शुकराम विक, विकेश बोहरा, रामकृष्ण शाही र हर्कबहादुर विकलाई प्रहरीले रेडपाण्डाको छालासहित पक्राउ गरेको हो ।


रेडपाण्डाको छाला बिक्रीवितरण हुँदैछ भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी बाँकेबाट प्रहरी सहायक निरीक्षक बिबेक अधिकारीको कमान्डको टोलीले आइतवार बिहान साढे ११ बजेतिर नेपालगन्ज–१२ स्थित नेपालगञ्ज मेडिकल कलेजको पश्चिमतर्फ रहेको एक होटलको १०५ नम्बर कोठाबाट २ थान दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित उनीहरु पक्राउ परेको डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

त्यस्तै, प्रहरीले पुष्पलालचोकस्थित एक होटलबाट दुई किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटका प्रवीण शाही र नेपालगन्जका राज कार्की रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा

६ चैत्र २०७८, आईतवार १७:०२
नेपाल भारत सीमापारि भारत उत्तरप्रदेशका केही ठाउँमा बर्डफ्लु देखिएपछि बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा छ । भारतबाट भित्रिने अवैध कुखुरा र चल्लाका कारण बाँकेमा पनि बर्डफ्लु फैलिने सम्भावना अत्याधिक बढेकोले यो जिल्ला उच्च जोखिममा परेको हो । भारतबाट लुकिछिपी हुँदै आएको पंक्षीजन्य पदार्थको अवैध आयातले गर्दा बाँकेमा जोखिम अत्याधिक बढेको […]