नरैनापुरको डेढसय बर्ष पुरानो मेला शुरु

२२ माघ २०७६, बुधबार १८:३३
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाँउपालिकामा विगत डेढ सय बर्षदेखि हरेक बर्ष धर्मगुरुको सम्झनामा लाग्दै आएको मेला यस बर्ष पनि बुधवारदेखि शुरु भएको छ । नरैनापुर गाँउपालिका वडा नम्बर २ को गंगापुर मियाँपुर्वामा शुरु भएको मेलाको प्रमुख अतिथि बाँके क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वरजंग गहतराज अथक र मेला आयोजक तथा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले संयुक्तरुपमा उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै सांसद् अथकले डेढ सय बर्षदेखि लाग्दै आएको मेला आफैंमा एउटा इतिहास भएको बताउँदै यो मेला मियाँ परिवारको मात्र नभएर सबै बाँकेबासीको मेला भएको उल्लेख गरे । सामाजिक तथा धार्मिक सद्भाव बढाउन मेलाले ठूलो भूमिका खेल्ने भन्दै उनले सबै मिलेर मेलालाई सफल पार्नुपर्नेमा जोड दिए ।
१८ बर्षसम्म पहाडमा तपस्या गरेर बसेका तत्कालीन धर्मगुरु खलिफा नुर अहमद शाहको सम्झनामा सन् १८५७ देखि हरेक बर्ष बसन्त पञ्चमीपछि मेला लाग्दै आएको छ । मेलामा सामूहिक भण्डारा, प्रार्थना, कव्वाली, नाच तथा जादु खेललगायत हुने गरेको छ ।
मेलामा विहीबार राति ९ बजेदेखि शुरु हुने भारत कानपुरका चर्चित कौव्वाल सरिफ परवाज तथा फैजाबादकी नेहानाजको जवाफी कौव्वाली मुख्य आकर्षण रहेको मेला आयोजक समितिका सदस्य एवम् वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाहले बताए ।
मेलामा बाँके, बर्दिया र छिमेकी मुलुक भारतको बहराइच, श्रावस्ती, गोण्डा, बलरामपुरलगायत उत्तरप्रदेश तथा गुजरातबाट समेत दर्शालुहरु आउने गरेको गाउँपालिका अध्यक्ष शाहले जानकारी दिए ।

Next Post

डुडुवाका किशोरीलाई आइरन चक्की वितरण गरिने

२२ माघ २०७६, बुधबार १८:३३
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँके डुडुवाका किशोरीहरुलाई आइरन तथा फोलिक एसिड वितरण गरिने भएको छ । किशोरीहरुलाई रक्तअल्पता (एनिमिया) रोग हुनबाट बच्न तथा पोषक तत्वको बृद्धिका लागि योे कार्यक्रम शुरु गर्न लागिएको हो । गाउँपालिका अन्र्तगत रहेका सामुुदायिक विद्यालयका किशोरीहरुलाई आइरन तथा फोलिक एसिड वितरण गर्ने गाउँपालिका स्वास्थ्य शाखा संयोजक […]

सम्बन्धित