बाँकेमा आइतवार ५५ संक्रमित थपिए

सदरलाइन संवाददाता १६ माघ २०७८, आईतवार १६:०९
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ३६ र एन्टिजेन परीक्षणमा १९ गरी थप ५५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा ७९ जनाको नमुना जाँच्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भेरीमा १४, कोहलपुर मेडिकल कलेजमा १६ र बागेश्वरी ल्यावमा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।


यस्तै जमुनाहा नाकामा २४९ जनाको एन्टिजेन जाँच गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये बाँकेका २४ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ६ सय १८ पुगेको छ ।

यस्तै थप ७१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ७१६ पुगेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८३५ रहेको छ । दुई जना सिकिस्त विरामी छन् । एकजनाको भेन्टिलेटरमा उपचार चल्दै गर्दा ३३ जना मध्यम खाले विरामी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

होटलमा बस्दै आएका युवा मृत फेला

१६ माघ २०७८, आईतवार १६:०९
कैलाली  : कैलालीको एक होटलमा बस्दै आएका युवा मृत फेला परेका छन्। गौरीगंगा नगरपालिका राजीपुरमा रहेको एक होटलमा घोडाघोडी नगरपालिका वडा नम्बर १ का करिब ३५ वर्षका साधन डान मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। केही समयदेखि होटलमा बस्दै आएका उनी शनिबार मृत अवस्थामा फेला परेका थिए। कोठाभित्र खाटमा […]