बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा

सदरलाइन संवाददाता ६ चैत्र २०७८, आईतवार १७:४२
 

नेपाल भारत सीमापारि भारत उत्तरप्रदेशका केही ठाउँमा बर्डफ्लु देखिएपछि बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा छ । भारतबाट भित्रिने अवैध कुखुरा र चल्लाका कारण बाँकेमा पनि बर्डफ्लु फैलिने सम्भावना अत्याधिक बढेकोले यो जिल्ला उच्च जोखिममा परेको हो । भारतबाट लुकिछिपी हुँदै आएको पंक्षीजन्य पदार्थको अवैध आयातले गर्दा बाँकेमा जोखिम अत्याधिक बढेको जनाउँदै स्थानीय अगुवाहरुले जिल्लाको सम्पूर्ण नाकामा कडाइ गर्न माग गरेका छन् ।

बाँकेका किसान र व्यवसायीले सीमा नामा कडाइ नगरिने हो भने बर्डफ्लु भित्रिन सक्ने र त्यसबाट एकातिर मानव जीवन संकटमा पर्ने र अर्कोतिर आफ्नो व्यवसाय सखाप हुने चिन्ता व्यक्त गरेका छन् । जिल्लाकै सबैभन्दा ठूलो कुखुरा फार्म रजा ग्रुपका सञ्चालक मुख्तार राईले बर्डफ्लु भित्रिन नदिन पनि भारतबाट आउने कुखुरालाई रोक्न आवश्यक तथा अपरिहार्य भैसकेको बताए ।


अर्का कुखुरापालक व्यवसायी कादरी पोल्ट्री फार्मका सञ्चालक मुनिजर खानले बर्डफ्लु भित्रिनबाट रोक्ने हो भने भारतबाट हुँदै आएको कुखुराको अवैध आयातलाई रोक्नै पर्ने बताए । उता, प्रहरी प्रशासनले भने नाकाहरुमा कडाई गरिएको जनाउँदै दिनरात खटिएर सुरक्षाकर्मीले कुखुरा लगायत सबै अवैध आयातलाई रोक्ने काम गरिरहेको दावी गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले मुख्य नाकामा रहेका सुरक्षाकर्मी र क्वारेन्टाइनलाई कुखुरा र गुणस्तरहीन माछाको आयात रोक्न कडा निर्देशन दिइएको बताएकाछन् । उनले बर्डफ्लु भित्रिने आशंका अहिले बढेकोले झन् कडाइ गर्न नाकामा तैनाथ सबै सुरक्षाकर्मीलाई निर्देशन दिइएको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो

६ चैत्र २०७८, आईतवार १७:४२
बैतडी :बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । ट्र्याक्टर पल्टिँदा बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारूको ज्यान गएको हो । सुदूरपश्चिम प्रदेशको ०१-००२ त ५५९८ ननम्बरको ट्र्याक्टर गएराति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटालामा पल्टिएकाे प्रहरीले जनाएकाे छ ।

ताजा अपडेट