भारतबाट फर्किने नेपालीलाई जमुनाहा नाकामै खोप

सदरलाइन संवाददाता २२ आश्विन २०७८, शुक्रबार १५:१६
 

नेपालगञ्ज : भारतबाट फर्किरहेका नेपालीहरुलाई जमुनाहा नाकामा खोप लगाउन शुरु गरिएको छ । रोजगारीको शिलशिलामा भारतका विभिन्न ठाउँमा पुगेका उनीहरु चाडपर्व मनाउन यतिबेला घर फर्किरहेका छन् ।

उनीहरुलाई खोप लगाएर मात्रै प्रवेश गराउन थालिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । कतिपयले उतै खोप लगाइसकेका छन् । खोप नलगाएकाहरुलाई नाकामै खोप लगाएर घर पठाउने गरिएको हो ।


स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहका अनुसार कोरोना भाइरस संक्रमणको जोखिम कम गर्ने उद्देश्यले नाकामै परदेशीहरुलाई खोप लगाउन शुरु गरिएको हो ।

यस्तै नाकामा कोभिड पहिचानका लागि एन्टिजेन विधिबाट जाँच गर्ने काम पनि भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकारको श्रमको उचित मुल्यांकन गर्नुपर्छ : बिपुल पोख्रेल

२२ आश्विन २०७८, शुक्रबार १५:१६
नेपालगञ्ज : नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले सञ्चार सस्थाले पत्रकारको श्रमको उचित मुल्यांकन गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ बाँकेले शुक्रवार आयोजना गरेको पत्रकारहरुको दुर्घटना वीमा सम्झौता, कोभिड सम्मान तथा दशैं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै उनले संचार सस्थाहरु श्रम शोषण गर्ने थलो बन्न नहुने सुझाव दिए […]