बैतडीमा भेटिए कालाजारका बिरामी

सदरलाइन संवाददाता २९ फाल्गुन २०७८, आईतवार १६:०९
 

नेपालगञ्ज : बैतडीमा कालाजारका बिरामी भेटिएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजारको संक्रमण पुष्टि भएको हो ।

धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार कालाजार पुष्टि भएपछि ती महिलाको सम्पर्कमा रहेकाको परीक्षण गरिएको छ ।


’कुनै व्यक्तिमा कालाजार देखिएमा सम्पर्कमा रहेका कम्तीमा १५ जनाको नमूना संकलन गरेर परीक्षण गर्ने भन्ने सरकारको नीतिअनुसार हामीले छेउछाउका २१ जनाको नमूना संकलन गरेर परीक्षण गरेका छौं,’ उनले भने ।

स्वास्थ्य कार्यालयले गाउँमै स्वास्थ्यकर्मी खटाएर स्थानीयवासीको कालाजार परीक्षण गरेको हो । नमूना संकलन गरेर परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य निरीक्षक जोशीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अम्बे स्टिल्सलाई ३५ मेगावाट विद्युत् दिन पूर्वाधार निर्माण

२९ फाल्गुन २०७८, आईतवार १६:०९
नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्जमा सञ्चालित अम्बे स्टील्स उद्योगलाई एक महिनाभित्रमा करीब ३५ मेगावाट विद्युत दिने भएको छ । प्राधिकरणले अहिले स्टील्स उद्योगलाई करीब आठ मेगावाट विद्युत आपूर्ति दिइरहेको छ । उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत माग गरेको छ । प्राधिकरणले उद्योगसम्म विद्युत पु¥याउन आवश्यक […]

सम्बन्धित