नाउपा अध्यक्ष श्रेष्ठले घनश्याम चौधरीलाई दलको नेताबाट हटाइन्

सदरलाइन संवाददाता २७ चैत्र २०८०, मंगलवार ०८:०८
 

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कैलास चौधरीले जिम्मेवारी पाएका छन् ।


पार्टी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै घनश्याम चौधरीको जिम्मेवारी खोसेर कैलाश चौधरीलाई जिम्मेवारी दिइएको उल्लेख गरेकी हुन् ।

‘प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई दलको नेताको रूपमा दैनिक सभा सञ्चालनका लागि सहमति भएकोमा निजले दलको निर्देशन पालन नगरेका कारण परिवर्तन गर्ने निर्णय गरिएको छ,’ रञ्जिताले लेखेको पत्रमा भनिएको छ, ‘दलको विधान तयार नभएका कारण हाललाई दलको केन्द्रीय बैठकको निर्णयअनुसार माननीय सदस्य कैलाश चौधरीलाई संसदीय दलको नेताको हैसियतमा काम गर्न निर्णय भएको व्यहोरा अनुरोध गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा बाँकेका ६ नेपालीको सडक दुर्घटनामा मृत्यु, २ गम्भीर घाइते

२७ चैत्र २०८०, मंगलवार ०८:०८
नेपालगञ्ज  : भारतको नैनीतालमा मजदुरी गरी घर फर्कने क्रममा भारतको बेतालघाट नजिकै भएको सडक दुर्घटनामा परेकर बाँकेका ६ जनाको मृत्यु भएको छ । भने दुई जना गम्भीर घाइते भएका छन् । उनीहरु सोमबार राती दुर्घटनामा परेका थिए । बेतालघाटबाट टनकपुर हुँदै नेपाल फर्कने क्रममा भएको सडक दुर्घटनामा परेर मृत्यु हुनेमा […]