बाँके मालपोतमा अनलाईन सेवा सुरु

२१ पुष २०७३, बिहीबार १२:१७
 

सदरलाइनडटकम 
२१ पुस, नेपालगन्ज : भुमिसुधार मन्त्री बिक्रम पाण्डेले मालपोत कार्यालय बाँकेमा सेवाग्राहीको सहजताका लागि अनलाईन सेवा शुरु गरेको बताएका छन् । बिहीबार एक कार्यक्रमका बीचमा अनलाइन सेवाको शुभारम्भ गर्दै उनले मलपोतमा अनलाईन सेवा सुचारु भएपछी मालपोत कार्यालयमा हुने भष्ट्राचार, किर्ते, जालसाँझी र ढिला सुस्ती जस्ता कामहरु बन्द हुने बिश्वास ब्यक्त गरे । उनले अनलाईन सेवाले जनतालाई ठुलो टेवा पुग्ने बताउँदै खेतीयोग्य जमिन पलटिङ्ग गरेर बिक्रि बितरमा समेत रोक लगाउन सजिलो हुने बताए ।
कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले मालपोत कै कर्मचारीहरुले नै जनताको जमीन चोर्ने बेचिदिने लगाएतका गुनासाहरु आएका कारण अनलाईन सेवा शुरु गर्नुपरेको बताए । मालपोतमा अनलाइन सेवा सुरु भएपछी अब सेवाग्राहीले घरमै बसेर आफनो जग्गाको बारेमा जानकारी लिन र दिन पाउने भएका छन ।
उनले देशका ११ जिल्लामा रहेका मालपोत कार्यालयमा अनलाइन सेवा शुरु भएको र छिट्टै देशका ७५ ओटै जिल्लामा अनालाइन सेवा शूरु गरिने जानकारी दिए । उनले खेतीयोग्य जमीन पलटिङ्ग गरेर जग्गा दलालहरुले जमिन मासी रहेको उल्लेख गर्दै सदन सुचारु हुनासाथ पलटिङ्ग गरि जग्गा कारोबारको काम बन्द गर्ने बताए । ‘खेतीयोग्य जमीन पलटिङ्ग गरेर खरिद बिक्रि गरेको पाइए पनि त्यस्ता जमिनलाई खेतीयोग्य जमिन मै परिणत गर्ने तयारीमा मन्त्रालय रहेको छ’–उनले भने
मन्त्री पाण्डेले जग्गाधनी अनिता रेग्मीलाई पहिलो अनलाइन सेवाग्राहीको रुपमा लालपुर्जा हस्तान्तरण गरी अनलाइन सेवाको शुभारम्भ गरेका थिए । मालपोतमा अनलाइन सेवाको शुरुवात भएपछि सेवाग्राहीले सहज र छिटो छरितो सेवा पाउने र सेवामा समेत पारदर्शि र गुणस्तरीय हुने बिश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

औलोको जोखिमा रहेका राप्तीपारीका छ गाविसमा किटनाशक झुल बितरण गरिने

२१ पुष २०७३, बिहीबार १२:१७
सदरलाइनडटकम    २२ पुस, नेपालगन्ज : बाँकमका औलोको अत्यन्तै जोखिममा रहेका राप्तीपारीका छ गाविसमा किटनाशक झुल वितरण गर्ने भएको छ । ग्लोबल फण्डको सहयोगमा स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र सेभद चिन्ड्रेनकोसंगको सहकार्यमा आरडिएफ नामक गैससले किटनाशक झुल बितरण गर्ने भएको हो । बाँकेका बैजापुर, बिनौना, फत्तेपुर, […]